संक्रान्ति नजिकिएसँगै तरुलले भरियो तरकारी बजार, कति पर्छ मूल्य ? (तस्बिरहरु)
काठमाडौं । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुको बजार सुरु भएको छ ।
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रतिढक ४५० रुपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकासे तरुल ५०० र घर तरुल ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि ध्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।