आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार (आज) पनि सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको थियो भने आज त्यसमा थप आठ सय रूपैयाँको वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला १ हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार आठ सय ४० रूपैयाँ पुगेको छ, जसले अघिल्लो दिनको तुलनामा १० रूपैयाँको वृद्धि देखाउँछ ।


क्लिकमान्डु