उड्ने कार विकास गर्न चांगन अटोमोबाइल र इहांगबीच रणनीतिक साझेदारी



काठमाडौं । विश्वको अग्रणी अर्बन एयर मोबिलिटी (यूएएम) टेक्नोलोजी प्लेटफर्म कम्पनी इहांग होल्डिंग्स लिमिटेडले सरकारी स्वामित्वमा रहेको एवं दोस्रो ठूलो चिनियाँ अटोमेकर चोङकिङ चांगान अटोमोबाइल कम्पनी लिमिटेड (चांगान अटोमोबाइल) सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ ।

चीनको चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो। यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ विमान (ईभीटीओएल) र नवीन हवाई कारहरू सहित फ्लाइंग कारका उत्पादनहरूको अनुसन्धान र विकास, निर्माण, बिक्री र सञ्चालनमा केन्द्रित रहने छ ।

हवाई सवारी साधन र कम उचाइका उडानहरूको व्यवस्थापनमा ईहांगको विशेषज्ञता र चांगान अटोमोबाइलको बलियो उत्पादन र बजार स्रोतहरूको प्रयोग गरेर दुवै पक्षले भविष्यको मोबिलिटी इकोसिस्टम प्रविधिहरूका लागि संयुक्त उद्यम स्थापना गर्ने लक्ष्य राखेका छन् । यो अन्तर-उद्योग साझेदारीले व्यापक उपभोक्ता आधारलाई लक्षितगर्दै ईहांगको ईभीटीओएल उत्पादन लाइन विस्तार गर्नेछ ।

चीनको दोस्रो ठूलो अटो मेकर चांगान अटोमोबाइलसँग अनुसन्धान र विकास, उत्पादन, सप्लाई चेन, बिक्री च्यानलहरूर बजार प्रभावमा असाधारण क्षमताहरू रहेको छ । ईहांगले ईभीटीओएल विमान डिजाइन, उत्पादन, प्रमाणीकरणर सञ्चालनको नेतृत्व गर्दछ।

यस सहकार्यले अत्याधुनिक प्रविधि, भविष्य-उन्मुख डिजाइनर बजार प्रतिस्पर्धाको साथमाउड्ने कारहरूको विकासको मार्ग प्रशस्त गर्नेछ । सम्झौतामा अनुसन्धान र विकास, उत्पादन, बजार प्रवर्द्धन, प्रयोगकर्ता अनुभव, बिक्रीपछिको सेवार ईहांगको ईभीटीओएल उत्पादनहरू र फ्लाइङ कारको व्यावसायीकरणलाई द्रुत बनाउन कम उचाइको अर्थतन्त्र अनुप्रयोगहरूलाई एकीकृत गर्ने बुँदाहरू समावेश छ।

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल निर्माता चांगान अटोमोबाइल १६० वर्षभन्दा बढीको विरासत भएको सबैभन्दा पुरानो कार निर्माता हो । १० विश्वव्यापी उत्पादन आधारहरू र ३५ विश्वव्यापी अनुसन्धान र विकास केन्द्रहरू भएको चांगानले ४ मिलियन नयाँ ऊर्जा वाहनहरूसहित २२ मिलियन भन्दा बढी सवारी साधनहरूको उत्पादन गरेको छ ।


क्लिकमान्डु