जगदम्बा मोटर्सले प्रोटोनको ई मास ७ सिरीज नेपाल ल्याउँदै



काठमाडौं । मलेसियन अटोमोटिभ ब्रान्ड प्रोटोनले आफ्नो बहुप्रतीक्षित ई मास७ सिरीज गाडी चाँडै नेपालमा ल्याउन लागेको छ । कम्पनीले नयाँ र आधुनिक एजीईआईएस शोर्ट ब्लेड ब्याट्री प्रविधि सहितको यो गाडी नेपाली बजारमा प्रस्तुत गर्न तयारी गरेको छ ।

यो गाडीले नयाँ प्रविधिहरू समेटेको छ । १२-इन-१ इलेक्ट्रिक ड्राइभ सिस्टमले गाडीको तौल घटाउने र ऊर्जा खपत कम गर्ने विशेषता प्रदान गर्दछ । यसले गाडीलाई थप मजबुत, छरितो, र वातावरणमैत्री बनाउने कम्पनीको दाबी छ ।

एजीईआईएस ब्याट्रीले लामो दुरीको यात्रा, छिटो चार्जिङ (३०%-८०% केवल २० मिनेटमा), र चरम मौसममा समेत टिकाउपन प्रदान गर्छ ।

नेपालमा प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

काठमाडौंमा प्रोटोनको ईमास ७ सिरीज सार्वजनिक गर्न तयारी गरिरहेको जगदम्बा मोटर्सका एक्जुकेटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘हामीलाई विश्वास छ कि नेपाली ग्राहकहरूले यो गाडीको उन्नत प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन मन पराउनुहुनेछ।’

यो गाडी विशेषगरी पर्यावरणलाई प्राथमिकता दिने र दिगो भविष्यका लागि काम गर्ने उपभोक्ताहरूका लागि आदर्श साबित हुनेछ।


क्लिकमान्डु