गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा जेइको जे सिक्सको अफ-रोड टेस्ट ड्राइभ



गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा अफ-रोड क्षमता प्रमाणित गर्दै इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल ड्राइभ (फोर-बाइ-फोर)

काठमाडौं । ओमोडा एन्ड जेइको लागि नेपालको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ – एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सम्पन्न गरेको छ ।

शनिबार आयोजित टेस्ट ड्राइभ च्यालेन्जमा, नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयुभि जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ ।

यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको कम्पनीले जनाएको छ ।

गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रह्यो । साथै, विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो । ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो ।

विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहकहरूकेन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ ।
कार्यक्रममा डर्ट-ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले नि:शुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता क्रियाकलापमार्फत उत्साहजनक माहौल कायम राखे । एसपिजि अटोमोबाइल्स, नेपालमा नवीन र दिगो मोबिलिटि (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ । अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर), प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभिको रूपमा स्थापित भएको छ ।
नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सु-सज्जित रहेको छ । साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री, र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ ।

एसपिजि अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफ-रोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गई नेपालकै पहिलो अत्याधुनिक विद्युतीय एसयुभिको प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गर्दछ ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमाडा र जेइको अटोमोबाइल्स कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो ।


क्लिकमान्डु