काठमाडौं र ललितपुरका यी स्थानमा आज दिउँसो बिजुली नहुने
काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्द्र अन्तर्गतका साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्र अन्तर्गतका युएन पार्क फिडरका क्षेत्रमा विद्युत सेवा अस्थायी रूपमा बन्द हुनेछ।
काठमाडौंको साँखु फिडर अन्तर्गतका स्थानहरू जस्तै नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदी र ठिमीको बोडे फिडर अन्तर्गतका मुलपानी, पिपलबोट, मुलपानीचौर, नेपाल टेलिकम, ब्रम्हखेल, नयाँपाटी, बागधारा लगायतका क्षेत्रहरूमा बिहान १० बजेदेखि १ बजेसम्म विद्युत अवरूद्ध रहनेछ ।
पेप्सी-मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा एचटी पोल सर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।
ललितपुरको युएन पार्क फिडर अन्तर्गत पर्ने शंखमूल, युएन पार्क, शंखमूल टाउन प्लानिङ क्षेत्रहरूमा पनि विद्युत आपूर्ति बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अवरूद्ध रहनेछ । यहाँ विद्युत तार भूमिगत गर्नका लागि फिडर सटडाउन गर्नुपर्नेछ।
यदि निर्धारित कार्य समयमा नै समाप्त भएमा, तोकिएको समयभन्दा पहिले नै विद्युत सेवा पुनः सुरु हुने प्राधिकरणको भनाइ छ ।