दिपल ईभी ४.९९ प्रतिशत ब्याजदरमै किन्न सकिने



काठमाडौं । नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ४.९९ प्रतिशत ब्याजदर मै कार किन्न सकिने योजना ल्याएको छ । नयाँ वर्ष २०२५ को अवसर पारेर कम्पनीले सबैभन्दा सस्तो ब्याजदरमा कार किन्न सकिने व्यवस्था गरेको हो ।

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत इभीप्रेमीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक(एनआईएमबी)बाट यो कर्जा लिनसक्नेछन् ।

यो योजनाले विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ । यो योजनामा ग्राहकले ४.९९ प्रतिशत फिक्स ब्याजदर मात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसमार्फत आफ्नो पुरानो गाडीको उत्तम एक्सचेन्ज भ्यालु पनि पाउनेछन् । सन् २०२४ मा नेपालमा दिपल इभीले प्राप्त गरेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको कम्पनीले जानएको छ ।

दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचरहरु छन् । सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् । हालसम्म नेपालमा ७ सयभन्दा बढी दिपल ईभी बिक्री भइसकेका छन् ।


क्लिकमान्डु