कोभिड महामारी फैलिएको ५ वर्षपछि डब्लूएचओले चीनसँग माग्यो सम्पूर्ण डाटा



एजेन्सी । पाँच वर्ष पहिला चीनको वुहान शहरबाट कोरनाको महामारी सारा दुनियामा फैलिएको थियो । पाँच वर्ष पहिला फैलिएको महामारीको सम्पूर्ण रिपोर्ट चीनसँग विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मागेको छ ।

डब्लूएचओले पाँच वर्ष पूरा भएको दिनलाई मानेर एक विज्ञप्तिमा लेखेको छ ।

‘यो एक नैतिक र वैज्ञानिक आवश्यकता हो । पारदर्शिता, साझेदारी र देश–देश बीचको सहयोगले नै दुनियामा भविश्यमा आउने महामारीसँग लड्न सक्षम बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

धेरै वैज्ञानिकहरुले यो महामारी जनावरबाट फैलिएको बताएका छन् । डब्लूएचओका अनुसार चीनले हालसम्म आफ्नो कुनै आधिकारीक डेटा दिएको छैन ।

सन् २०२० मा वैज्ञानिकहरुको एक टोलीले महामारी संक्रमणको एक मूख्य आधारको रुमा चीनको बजारमा बेचिरहेका जनावरबाट फैलिएको बताएका थिए । सन् २०२३ मा डब्लूएचओले कोभिडलाई विश्वकै स्वास्थ्य आफतकालको रुपमा घोषणा गरेको थियो ।

डब्लूएचओले उक्त समयलाई सम्झनै यो विश्वमै आएको ठूलो संकट भएको उल्लेख गर्दै बिभिन्न देशमा कोभिडबाट निम्तिएको आर्थिक संकटमा पुगेको उल्लेख गरेको छ ।

कोभिडको समयमा तत्कालीन डब्लूएचओका महानिर्देशक डाक्टर एडनाम घेब्रेयससले महामारीले ७० लाख मानिसको मृत्यु भएको बताएका थिए । तर, तथ्यांकअनुसार २ करोडभन्दा धेरैको मृत्यु भएको हुनसक्ने बताइएको छ भने कयौंले यो तथ्यांकभन्दा तीन गुणाले ज्यान गुमाएको बताइएको छ ।


क्लिकमान्डु