अमेरिकामा घरबारविहीनको संख्या एकै वर्ष १८ प्रतिशतले बढ्यो
एजेन्सी । अमेरिकामा घरबारविहीन मानिसहरुको संख्या एकै वर्ष १८ प्रतिशतले बढेको छ ।
उच्च आवास लागत, प्राकृतिक प्रकोप र ठूला सहरहरुमा बसाइँसराइमा भएको वृद्धिका कारण अमेरिकी घरबारविहीन मानिसको जनसंख्या एक वर्षमा १८ प्रतिशत भन्दा बढीले बढेको हो ।
आवास र शहरी विकास विभाग (हुड) ले जनवरी २०२४ मा गरिएको सर्वेक्षण अनुसार ७ लाख ७० हजार भन्दा बढी मानिसहरुको अस्थाइ आवास वा धर पनि नभएको बताइएको छ ।
यो संख्या गत वर्षको तुलनमा १२ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी सरकारले २००७ मा घरबारविहीन जनसंख्याको वार्षिक गणना सुरु गरेदेखि सबैभन्दा धेरै हो ।
पारिवारिक घरबारविहीन हुने मानिषको सख्या अघिल्लो वर्षको तुलनामा ३९% बढेको हो । अमेरिकाको १३ स्थानहरुमा दोब्बरले बढेको छ ।
सर्वेक्षणले सबै भन्दा धेरै १८ वर्ष मुनिका बालबालिकाहरु घरबारविहीन भएको बताएको छ । जसमा १ लाख ५० हजार १८ वर्ष मुनिका घरबारविहीन मानिसहरुको सख्या छ । यता ६५ वर्ष भन्दा माथिका मानिसहरुको जनसंख्यामा ६% वृद्धि आएको सर्वेक्षणले देखाएको छ । बीबीसी