बढुवा भएका सचिव भेटुवाललाई जल तथा ऊर्जा आयोगको जिम्मेवारी



काठमाडौं ।  सरकारले सहसचिव मधु भेटुवाललाई सचिवमा बढुवा गरेर जल तथा ऊर्जा आयोगको जिम्मेवारी दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भेटुवाललाई बढुवा गरेर जल तथा ऊर्जा आयोग सचिवको जिम्मेवारी दिएको हो । प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि तीन जना सहसचिव सिफारिसमा परेका थिए ।

दिनानाथ शर्मा, चिरञ्जीवी चटौत र मधु भेटुवाल प्रतिस्पर्धामा थिए । पहिलो नम्बरमा रहेका शर्मालाई दोस्रो नम्बरमा रहेका भेटुवालले जितेर सचिव भएका छन् । चटौत सिफारिसको तीन नम्बरमा थिए ।

जल तथा ऊर्जा आयोगका सचिव रामप्रसाद घिमिरे रिटार्यड भएपछि प्राविधिक सचिव पद रिक्त बनेको थियो ।

भेटुवाल १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनी ऊर्जा क्षेत्रमा झण्डै ३ दशकको अनुभव छ । 


क्लिकमान्डु