८ हजार ५०० रुपैयाँमा स्वर्णलक्ष्मीमा जागिर गर्न आएकी लिलालाई जीबीले दिए ५ करोड उपहार !
काठमाडौं । सूर्यदर्शन सहकारी प्रकरणका अभियुक्त लिला पछाईंले गितेन्द्र बाबु राई(जीबी) ले नै आफूलाई सेयर कारोबारका लागि दिएको रकम प्रयोग गरेको बयान दिएका छन् ।
सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेर प्रतिवादी बनाइएकी पछाईंले सुरुमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी कालिमाटीमा क्यासियरको रुपमा ८ हजार ५ सय रुपैयाँ तलबमा काम गरेको र पछि राईले सञ्चालन गरेरको नेचर नेष्ट कम्पनीले एकाउन्टेको रुपमा २० हजारमा काम गरेको बयान दिएकी छन् ।
त्यसबेला जीबीले आफूलाई विश्वास गरि सेयर लगायत घर जग्गामा लगानी गर्नू र आफूले मागको बेलामा फर्ता गर्नु भनि १ करोड ५० लाख दिएको र त्यसले ललितपुरको खुलटारमा घर किनेको तथा गाडी र स्कुटर खरिद गरेको बयान दिएकी छन् ।
त्यतिबेला सूर्यदर्शन सहकारीका थान बहादुर बुढा मगरको नामबाट ५० लाख आफ्नो बैंक खातामा जम्मा भएको उल्लेख गरेकी छ ।