रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ३ करोड ३७ लाख ठगेको प्रहरीको निष्कर्ष



काठमाडौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारीले ३ करोड ३७ लाख रुपैयाँ ठगेको पाइएको छ । सरकारी वकिलको कार्यालयले लामिछानेले त्यति धेरै रकम बराबरको बिगो मागदाबी सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा यति रकमको बिगो मागदाबी गरिएको हो । आइतबारै दायर गरिएको पुरक अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशमसमेत रहेका लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले यसअघि मुल र थप अभियोगपत्र जारी गरिसकेको छ । आइतबार सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठीत अपराध र एकीकृत कसुर तथा राष्ट्र बैंकसँग सम्बधित मुद्दा पनि दायर गरिएको छ ।

यसैगरी सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्व डीआईजी छविलाल जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा मागदाबी गरिएको छ ।

यसअघि कास्की जिल्ला अदालतमा सहकारी ठगीमा मुद्दा दायर भएको थियो । ती मुद्दाका १९ जना विरुद्ध थप अभियोगपत्र दायर भइसकेको छ ।

आइतबार पेश गरिएको पुरक अभियोगपत्र हो । मुल अभियोगपत्र र थप अभियोगपत्रमा १९–१९ जना प्रतिवादी थिए ।

आइतबार थप ३१ जना प्रतिवादी विरुद्ध मुद्दा दायर गरिएको हो ।

प्रहरीले लामिछानेसहितको मुद्दामा कुल ६३ जनाविरुद्ध अभियोजन गरिएको हो । प्रहरीले सहकारी ठगीमा ३१ जना, संगठीत अपराधमा १८ जना र सम्पत्ति शुद्धिकरण ५ जनाविरुद्ध मुद्दा हालेको हो ।

सम्पत्ति शुद्धिकरण मुद्दामा प्रहरीले रविसहित रामबहादुर खनाल, छविलाल जोशी र लिला प्रसाईं विरुद्धको अभियोजन गरेको छ । जीबी राईविरुद्ध प्रहरीले यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धि मुद्दा दायर गरिसकेको छ ।


क्लिकमान्डु