एमजी विन्टर कर्निभल २०२४ हुँदै, एक्सचेन्जमा १० लाखसम्मको अफर



काठमाडौं । एमजी विन्टर कर्निभल २०२४ यही डिसेम्बर २० देखि २२ तारिखसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

बालुवाटारस्थित सिल्भर ओकमा आयोजना हुने कार्निभलमा एमजी, माज्दा, म्याक्सस, र वुलिङजस्ता प्रमुख लक्जरी गाडी ब्रान्डहरूलाई समेट्ने जनाइएको छ ।

सहभागीहरूले उच्चस्तरीय गाडीहरूको अनुभव लिनुका साथै विशेष अफर, प्रत्यक्ष मनोरञ्जन, र रमाइलो गतिविधिहरूको मजा लिन सक्नेछन् आयोजकको भनाइ छ ।

प्रमुख आकर्षणहरू:

विशेष एक्सचेन्ज अफर: कुनै पनि लक्जरी गाडीमा अपग्रेड गर्दा १० लाख रुपैयाँसम्मको बोनस।

स्पट फाइनान्सिङ: सजिलो र छिटो गाडी किनमेलका लागि तत्काल वित्तीय सहयोग।
टेस्ट ड्राइभ: एमजी, माज्दा, म्याक्सस, र वुलिङका प्रिमियम गाडी चलाउने अवसर।

मनोरञ्जन: प्रत्यक्ष संगीत तथा प्रदर्शनले उत्सवको माहोल थप रोचक बनाउनेछ।

फूड एण्ड स्न्याक्स: सबै उमेर समूहका लागि स्वादिष्ट परिकार।
फन एक्टिभिटिज: पेन्टिङ, शूटिङ गेम्स लगायत रमाइलो गतिविधिहरू।

बाल खेल क्षेत्र: बालबालिकाका लागि छुट्टै मनोरञ्जनको व्यवस्था।

एनपीएल फाइनलको प्रत्यक्ष प्रसारणसँगै लक्जरी गाडी र खेलकुदमा सहभागी हुन पाइने आयोजनकको भनाइ छ ।

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने,’डिसेम्बर २० देखि २२ तारिखसम्म बालुवाटारस्थित सिल्भर ओकमा हामी सबैलाई हार्दिक आमन्त्रण गर्दछौं। यो गाडी अपग्रेड गर्ने, मनोरञ्जनको मजा लिने र विशेष अफरको फाइदा उठाउने दुर्लभ अवसर हो।’


क्लिकमान्डु