बिदा हुँदै गरेका अध्यक्ष सुनिल केसीले भने: बैंकमाथिको धरपकडले त्रसित छौं, सरकारले संरक्षण गर्न सकेन



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकमाथिको धरपकडले आफूहरु त्रसित भएको र सरकारले संरक्षण गर्न नसकेको बताएका छन् ।

बिहीबार बैंकर संघको साधारणसभामा अध्यक्ष केसीले त्यसले गर्दा बैंकिङ क्षेत्रको आत्मविश्वासमा ह्रास आएको बताए ।
उनले नेपालले दक्षिण एशियाकै राम्रो बैंकिङ अभ्यास गरिरहेका बताए ।

‘हामीले दक्षिण एशियाकै राम्रो बैंकिङ अभ्यास गरिरहेका छौं । ४० अर्बभन्दा कर तिरेका छौं,’ केसीले भने, ‘तर पछिल्लो समय बैंकिङ सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको छ । वित्तीय नीतितर्फको समस्या र राजनीतिक अस्थिरताका कारण ।’

बेलाबेलामा देखिने तरलता अस्थिरको अवस्थाले बैंकहरू अप्ठेरोमा पर्ने गरेको उनले बताए । अहिले पनि ७ खर्ब लगानीयोग्य रकम लिएर बैंक बसेको र त्यसको व्यवस्था गर्न नसक्ने हो हामी आफूहरु थप समस्यामा पर्ने बताए ।

अनिश्चितताका कारण बैंकमा दक्ष कर्मचारीको समस्या हुने देखिएको उनको भनाइ छ।


क्लिकमान्डु