राष्ट्र बैंकले माग गरेको विभिन्न ६ पदको लिखित परीक्षा कहाँ कहाँ हुँदैछ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले माग गरेको विभिन्न ६ वटा पदमा आवेदन दिएकाहरुका लागि लिखित परीक्षा दिने स्थान तोकिएको छ ।

लोकसेवा आयोगले राष्ट्र बैंकले विभिन्न ६ वटा पदका लागि खुला गरेको आवेदनमा आवेदक दिएकाहरुका लागि परीक्षा दिन केन्द्र तोकेको जनाएको छ ।

आयोगका अनुसार प्रशासन तर्फको उपनिर्देशक अधिकृत द्धितीयको पहिलो पत्र पुस १४ र दोस्रो पत्रको परीक्षा १५ गते बिहान ९ बजे हुनेछ । यो पदमा आवेदन दिएकाले लोक सेवा आयोग अनामनगरमा लिखीत परीक्षा दिन सक्नेछन् ।

यस्तै सहायक (सूचना प्रविधि) प्राविधि, सहायक द्धितीयको पहिलो पत्र पुस १४ र दोस्रो पत्रको परीक्षा १५ गते दिनको १ बजे हुनेछ । परीक्षा विभिन्न ७ ठाँउमा हुनेछ ।

यस्तै सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीयको परीक्षा पुस १६ र १७ गते बिहान ९ बजे हुनेछ । यो परीक्षा पनि लोकसेवा आयोग अनामनगरमा हुनेछ ।

प्रधान सहायक, प्रशासन अधिकृत प्रथमको परीक्षा पुस २१ र २२ गते बिहान ९ बजेबाट परीक्षा हुनेछ । परीक्षा लोकसेवा आयोग अनामनगरमा हुनेछ ।

आयोगका अनुसार सहायक निर्देशक, प्रशासन अधिकृत तृतीयको परीषामा पहिलो पत्र १८ गते, द्धितीय पत्रको १९ गते र तृतीय पत्रको २० गते दिनको १ बजे हुनेछ । परीक्षा विभिन्न १० स्थानमा हुनेछ ।

यस्तै सहायक प्रशासन सहायक द्वितियतर्फको परीक्षा पुस २६ र २७ गते दिनको एक बजे हुनेछ ।


क्लिकमान्डु