एनपीएलको प्लेअफ समीकरण पूरा, अब कसरी अघि बढ्छ खेल ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरण सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सोमबार कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिमले लिग चरणको शीर्ष स्थानमा रह्यो ।
सुदूरपश्चिमसँगै शीर्ष चारमा जनकपुर बोल्ट्स, चितवन राइनोज, र कर्णाली याक्सले प्लेअफ यात्रा तय गरेका छन् । सोमबार सुदूरसँग पराजित भए पनि नेट रनरेटका आधारमा कर्णाली प्लेअफमा पुगेको हो ।
सुदूरपश्चिम रोयल्सले ७ खेलमा ६ जितसहित तालिकाको शीर्ष स्थान सुरक्षित गर्यो । ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो स्थानमा रह्यो । चितवन राइनोजले ४ जितसहित तेस्रो स्थान ओगट्यो भने रनरेटका आधारमा कर्णाली याक्सले चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो । काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किङ्गस, लुम्बिनी लायन्स भने बाहिरिएका छन् ।
प्लेअफको खेल तालिका:
पहिलो क्वालिफायर:
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स
यी दुई टोलीबीचको खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ ।
एलिमिनेटर:
चितवन राइनोज र कर्णाली याक्स
पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
दोस्रो क्वालिफायर:
पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेता
यस खेलको विजेताले फाइनल खेल्ने छ ।
क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ ।
फाइनल खेल पुस ६ गते हुने छ ।