महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने




काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु