एनपिएलः आज दुई खेल हुँदै, कसले मार्ला ?



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।

लुम्बिनीले ६ खेलमा एक जित निकालेको छ, र प्ले अफबाट बाहिरिने पहिलो टोली बनिसकेको छ । कर्णाली याक्स भने चौंथो स्थानमा छ । उसले ५ खेल खेल्दै तीनमा जीत र दुईमा हार व्यहोरेको छ ।

त्यस्तै तालिकाको अन्तिम स्थानमा रहेकोविराटनगर किङ्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । चीतवन तालिकाको तेस्रो स्थानमा छ । ५ खेल खेलेको उसले ३ मा जीत र २ मा हार व्यहोरेको छ ।


क्लिकमान्डु