१८ वाणिज्य बैंकका २६९ ठूला सेयरधनीः एउटैमा ३४ जनाको ०.५% बढी स्वामित्व, कुनमा कसको कति?

1k
Shares

काठमाडौं । १८ वाणिज्य बैंकमा ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका २६९ सेयरधनी (व्यक्ति तथा संस्था) रहेको देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदनअनुसार १८ वाणिज्य बैंकमा २६९ सेयरधनीको ०.५ प्रतिशत भन्दा बढी सेयर हिस्सा रहेको देखिएको हो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छैन भने राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको हो । यी दुई बाहेकका बाँकी १८ बैंकमा उक्त संख्यामा ०.५ प्रतिशत भन्दा बढी सेयर हिस्सा भएको सेयरधनी रहेको देखिएको हो जसमा एउटै बैंकमा ३४ जना समेत रहेका छन् ।

तथ्यांकअनुसार ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी नबिल बैंकमा ५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा १४, ग्लोबल आईएमईमा १८, माछापुच्छ्रेमा १८, प्राइम बैंकमा १८, एनएमबी बैंकमा १४, सिद्धार्थ बैंकमा ३४, प्रभु बैंक १२ र कृषि विकास बैंकमा ४ छन् ।

यस्तै, हिमालयन बैंकमा १६, एभरेष्ट बैंकमा ६, नेपाल बैंकमा ५, सानिमा बैंक १५, सिटिजन बैंकमा २७, कुमारी बैंकमा २१, लक्ष्मी सनराइजमा ३३, स्ट्यान्डर्ड चार्टडमा ७ र नेपाल एसबीआई बैंकमा २ सेयरधनीको ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ ।

बैंकका सेयरधनीको सूची हेर्दा संस्थागत लगानीकर्ता जस्तै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषहरुको उपस्थिति लगभग सबै बैंकमा देखिन्छ । वैदेशिक साझेदारका साथमा व्यावसायिक घरानाहरू जस्तै चौधरी, खेतान, दुगड, अग्रवाल, केडिया र महतो समूहहरुले पनि निजी क्षेत्रका बैंकहरूलाई आफ्नो व्यावसायिक इन्जिनका रूपमा प्रयोग गरिरहेको देखिन्छ ।

नबिल बैंक
नबिल बैंकको सेयर संरचना हेर्दा सबैभन्दा ठूलो सेयरधनीका रूपमा एनबी इन्टरनेशनल लिमिटेड रहेको देखिन्छ । जसको सेयर हिस्सा ३९.४४ प्रतिशत छ ।

नबिलमा आईएफआईसी बैंक बंगलादेशको ७.७७ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको ७.६३ प्रतिशत सेयर हिस्सा छ । व्यक्तिगत सेयरधनीतर्फ निर्वाण कुमार चौधरीको ०.७ प्रतिशत र बरुण चौधरीको ०.६७ प्रतिशत सेयर छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा सबैभन्दा ठूलो सेयरधनीको रुपमा राष्ट्रिय बिमा कम्पनी छ । जसको बैंकमा ६.७३ प्रतिशत सेयर हिस्सा छ ।

बैंकमा महालक्ष्मी इन्भेस्टमेन्ट प्रालिको ३.९६ प्रतिशत, छायाँ इन्भेस्टमेन्टको ३.६८ प्रतिशत, केयूपी इन्भेस्टमेन्टको ३.५१ प्रतिशत र सोफिया इन्भेस्टमेन्टको ३.३३ प्रतिशत सेयर स्वामित्व छ ।

नागरिक लगानी कोषको १.३२ प्रतिशत हिस्सा छ भने अन्नपूर्ण, सूर्य इनोसी र प्रेस्टिन इन्भेस्टमेन्ट कम्पनीहरूको प्रत्येकको ०.७४ प्रतिशत सेयर छ ।

कमला इन्भेस्टमेन्टको ०.७ प्रतिशत, लोटस इन्भेस्टमेन्टको ०.६५ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ०.६४ प्रतिशत, मर्केन्टाइल इन्भेस्टमेन्टको ०.५७ प्रतिशत र सिटिजन्स युनिट स्किमको ०.५६ प्रतिशत सेयर रहेको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकमा सबैभन्दा ठूलो सेयरधनी कर्मचारी सञ्चय कोष रहेको छ, जसको ४.७४ प्रतिशत सेयर हिस्सा छ । बैंकमा आईएमई होल्डिङ्स प्रालिले २.७८ प्रतिशत र आईएमई इन्भेस्टमेन्ट प्रालिले २.५१ प्रतिशत सेयर स्वामित्व राखेका छन् ।

कन्टिनेन्टल इन्भेस्टमेन्ट प्रालिको १.१५ प्रतिशत, नागरिक लगानी कोषको ०.९२ प्रतिशत, उत्तम कुमार नेपालको ०.९ प्रतिशत र रणबहादुर शाहको ०.७८ प्रतिशत सेयर रहेको छ ।

व्यक्तिगत सेयरधनीतर्फ सुमित कुमार अग्रवालको १.८२ प्रतिशत र विष्णु प्रसाद न्यौपानेको १.४१ प्रतिशत सेयर छ ।

यसैगरी निमिशा इन्भेस्टमेन्ट, हेमराज ढकाल, कामधेनु इन्भेस्टमेन्ट, होमल्यान्ड डेभलपर्स, क्याबिनेट श्रेष्ठ, गौरी श्रेष्ठ, रीता मल्ल, शारदा देवी र सन्दीप अग्रवालको पनि ०.५ प्रतिशतभन्दा बढी सेयर हिस्सा रहेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकमा कर्मचारी सञ्चय कोष ९.२४ प्रतिशत सेयरसहित सबैभन्दा ठूलो सेयरधनीको रुपमा छ । यस बैंकमा प्रेमकुमारी केसीले ८.६९ प्रतिशत र सुरेन्द्र महतोले ७.७४ प्रतिशत सेयर स्वामित्व होल्ड गरेका छन् ।

बैंकमा पीकेआर इन्भेस्टमेन्ट कम्पनी प्रालिको ६.०७ प्रतिशत र राम आशिष साहु सुढीको ४.२४ प्रतिशत सेयर छ । डा. धर्मराज श्रेष्ठको २.०३ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठको १.७५ प्रतिशत, वीरेन्द्र प्रसाद महतोको १.५८ प्रतिशत र करण मोटर कम्पनीको १.५१ प्रतिशत सेयर छ ।

माछापुच्छ्रे बैंकमा रोशन केसी र किरण केसीको समान रूपमा १.४८ प्रतिशत, प्रकाश केसीको १.२९ प्रतिशत तथा अन्य इन्भेस्टमेन्ट र बिमा कम्पनीसहित थुप्रै सेयरधनीको ०.५ प्रतिशतभन्दा बढी स्वामित्व छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकमा उमेश श्रेष्ठ २.२४ प्रतिशत सेयरसहित सबैभन्दा ठूलो सेयरधनीका रूपमा देखिन्छन् । कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत र विनोद चन्द्र बरालको १.५९ प्रतिशत सेयर छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १.२१ प्रतिशत, कृष्ण पुरीको १.०३ प्रतिशत र बिक्रम पाण्डेको ०.८७ प्रतिशत स्वामित्व रहेको छ ।

यसबाहेक सुषिला मित्तल, सुन्दर नारायण जोशी, शैलजा र नरेन्द्र बज्राचार्य, मनोहर दास मूल, श्वेता मास्के श्रेष्ठ, एलआईसी नेपाललगायत थुप्रै सेयरधनीहरूको ०.५ प्रतिशतभन्दा बढी हिस्सा रहेको छ ।

एनएमबी बैंक

एनएमबी बैंकमा नेदरल्यान्ड्सको एफएमओ १३.६९ प्रतिशत सेयरसहित सबैभन्दा ठूलो सेयरधनीको रुपमा छ ।

बैंकमा कर्मचारी सञ्चय कोषको ५.५३ प्रतिशत र मलेसियाको यङ लायन रियल्टीको ४.२२ प्रतिशत सेयर रहेको छ ।

यस्तै, गायत्री इन्भेस्टमेन्ट एण्ड म्यानेजमेन्ट, नन्द किशोर राठी, धनञ्जय प्रसाद आचार्य, सुनिल तथा सुषिल गोशाली, पवन गोल्यानी, योगेन्द्रलाल प्रधान, मुरार्का परिवारका सदस्यहरू लगायतको ०.५ प्रतिशतभन्दा बढी स्वामित्व छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकमा सबैभन्दा ठूलो सेयरधनीका रूपमा प्रुडेन्सियल इन्भेस्टमेन्ट कम्पनी प्रालि रहेको छ, जसको ३.२३ प्रतिशत सेयर हिस्सा छ । यसपछि नरेन्द्र कुमार अग्रवालले २.९५ प्रतिशत, रतनलाल केडियाले २.४८ प्रतिशत, साविता केडियाले १.९२ प्रतिशत र चिरञ्जीलाल अग्रवालले १.८० प्रतिशत सेयर स्वामित्व होल्ड गरेका छन् ।

सिद्धार्थमा पवन कुमार अग्रवालको १.७६ प्रतिशत, वीरेन्द्र कुमार शाहको १.५३ प्रतिशत, सुबोध तोडी नरपत सिंह जैनको १.५३ प्रतिशत तथा नरपत सिंह जैनको १.४५ प्रतिशत सेयर छ । दिनानाथ केडियाको १.४० प्रतिशत, आदित्य केडियाको १.३९ प्रतिशत र महावीर इन्भेस्टमेन्ट प्रा.लि.को १.३७ प्रतिशत सेयर छ ।

यसैगरी तुषार तोडी, सुरेश कुमार रुंगटा, अशोक कुमार बहेटी, पूनम चन्द अग्रवाल, विनोद कुमार अग्रवाल, भारत कुमार तोडी, राजेन्द्र कुमार अग्रवाल, मदनलाल केडिया, अशिष अग्रवाल, राज कुमार तिब्रेवाला सुरेश कुमार केडिया, केशरी चन्द कुचेरिया, विमल कुमार केडियाको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर हिस्सा छ ।

यस्तै, ०.५ प्रतिशत भन्दा बढी सेयर हिस्सा हुनेको सूचीमा शशिकला अग्रवाल, मनीष जैन, जगदीश कुमार अग्रवाल, कबिन्द्र बहादुर श्रेष्ठ, विनय कुमार शाह मदवारी, मनोज कुमार अग्रवाल, सरोज शर्मा र इन्दिरा राजभण्डारी छन् ।

प्रभु बैंक

प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५.६३ प्रतिशत सेयरसहित सबैभन्दा ठूलो सेयरधनीको रूपमा छ। यसपछि गौरव अग्रवालले २.७१ प्रतिशत र कर्मचारी सञ्चय कोषले २.५३ प्रतिशत सेयर स्वामित्व होल्ड गरेका छन् ।

बैंकमा प्रभु ग्रुप प्रालिको ०.९९ प्रतिशत सेयर रहेको छ भने मिजास भट्टचनको ०.८ प्रतिशत हिस्सा छ ।

यसैगरी सुदीप आचार्यको ०.६ प्रतिशत, ज्ञानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचन र स्वरुप गुरुङको समान रूपमा ०.५७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट प्रालिको ०.५२ प्रतिशत, शिवम् सिमेन्ट्सको ०.५१ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ०.५ प्रतिशत सेयर छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकमाको ५१ प्रतिशत सेयर नेपाल सरकारको नाममा रहेको छ ।

निजी तथा संस्थागत सेयरधनीतर्फ कृष्ण गोपाल श्रेष्ठको १.३६ प्रतिशत, लक्ष्मी श्रेष्ठको ०.९९ प्रतिशत र रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ०.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकको सबैभन्दा ठूलो सेयरधनी पाकिस्तानको हाबिब बैंक लिमिटेड हो, जसको १२.९४ प्रतिशत सेयर हिस्सा छ । कर्मचारी सञ्चय कोषले १२.६३ प्रतिशत सेयर स्वामित्व राखेको छ ।

एन. ट्रेडिङ कम्पनी प्रालिको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ७.६७ प्रतिशत र अवा इन्टरनेशनल प्रालिको ७.४६ प्रतिशत सेयर रहेको छ ।

यस बैंकमा छायाँ इन्टरनेशनल प्रालिको ५.७८ प्रतिशत स्वामित्व छ भने प्रदीप जंग पाण्डेको १.९९ प्रतिशत, शशिकान्त अग्रवालको १.५१ प्रतिशत, इच्छाराज तामाङको १.३६ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १.२५ प्रतिशत सेयर रहेको छ ।

यसबाहेक एशियन इन्भेस्टमेन्ट एण्ड ट्रेडिङ, रीता मल्ल, अम्बिका शाह, रामप्रसाद आचार्य, विजय इन्टरनेशनल र अञ्जु खेतानको पनि ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकमा शान्त देव पाठक सबैभन्दा ठूलो सेयरधनीका रूपमा रहेका छन्, जसको ३.८१ प्रतिशत सेयर हिस्सा छ । यसपछि अरुणमान शेरचनले २.२५ प्रतिशत सेयर स्वामित्व राखेका छन् ।

एभरेष्टमा रवि कृष्ण श्रेष्ठ र किरण कृष्ण श्रेष्ठको समान रूपमा ०.८५ प्रतिशत सेयर छ भने आनन्द रत्न तुलाधरको ०.७६ प्रतिशत सेयर छ । यसैगरी भाटभटेनी इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.को ०.८८ प्रतिशत सेयर स्वामित्व छ ।

नेपाल बैंक

नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत हिस्सा रहेको छ । यसका अलावा बैंकमा कर्मचारी सञ्चय कोषले ३.६४ प्रतिशत सेयर स्वामित्व राखेको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ०.७८ प्रतिशत सेयर छ ।

यस्तै, नेपाल बैंकमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ०.७७ प्रतिशत र नरेन्द्र कुमार गुप्ताको ०.६८ प्रतिशत सेयर स्वामित्व छ ।

सानिमा बैंक

सानिमा बैंकको सबैभन्दा ठूलो सेयरधनी अरुण कुमार ओझा हुन्, जसको ७.९४ प्रतिशत सेयर हिस्सा छ । यसपछि टेक राज निरौलाको ६.३९ प्रतिशत, जीवनाथ लामिछानेको ५.३२ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५ प्रतिशत र कर्मचारी सञ्चय कोषको ४.२८ प्रतिशत सेयर स्वामित्व छ ।

बैंकमा विनय कुमार श्रेष्ठले ४.२३ प्रतिशत, अमला इन्भेस्टमेन्ट प्रालिले ३.९७ प्रतिशत, खेमराज लामिछानेले ३.४४ प्रतिशत, घनश्याम थापाले ३.३९ प्रतिशत र रामकृष्ण शाहले २.४९ प्रतिशत सेयर स्वामित्व राखेका छन् ।

यसैगरी सोनाम ग्यात्सो, शाम्बा लामा, दिलीप श्रेष्ठ, मनोकामना क्यापिटल इन्भेस्टमेन्ट र गीता क्षेत्रीको पनि ०.५ प्रतिशतभन्दा बढी सेयर रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंकमा नागरिक लगानी कोष ३.३५ प्रतिशत सेयरसहित प्रमुख सेयरधनीको रुपमा छ भने उर्मिला पाण्डेको ३.३० प्रतिशत सेयर छ । बिजेन्द्र जोशीको १.३९ प्रतिशत, मनोहर दास मूलको १.३७ प्रतिशत, दिग्विजय बिष्ट र तारा बिष्टको समान रूपमा १.३० प्रतिशत सेयर छ ।

यसैगरी रवीन्द्रमान सिंह प्रधान, सावित्री शर्मा, रमेश शर्मा, सोनी जोशी, अर्जुन प्रसाद शर्मा, जगन्नाथ ज्ञवाली, शंकर प्रसाद शर्मा, विष्णु प्रसाद पोखरेल, सुलोचन राज राजभण्डारी, रामप्रसाद श्रेष्ठ, चन्द्र टण्डन, नरेन्द्र कुमार, देव भट्ट र प्रमिला नेपाल पनि ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुनेको सूचीमा छन् ।

बैंकमा रमिता भट्टराई र मनिता भट्टराई, एस.आर. हाइड्रो एण्ड इन्भेस्टमेन्ट, प्रताप जंग पाण्डे, राजेश खड्का, प्रेम बहादुर श्रेष्ठ र अनिल कुमार ढुंगेललगायतको ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ ।

कुमारी बैंक

कुमारी बैंकमा कर्मचारी सञ्चय कोष ३.१९ प्रतिशत सेयरसहित सबैभन्दा ठूलो सेयरधनीको रुपमा छ । यस बैंकमा अमिर प्रताप जे.बी. राणाको २.०२ प्रतिशत, नागरिक लगानी कोषको १.७१ प्रतिशत र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर लिमिटेडको १.४३ प्रतिशत सेयर छ ।

जानुकी कुमारी जे.बी. राणा शाही, सबित्री गुरुङ, हिमालयन लाइफ इन्स्योरेन्स, संग्रिला इन्भेस्टमेन्ट्स, सुमित कुमार अग्रवाल, वीरेन्द्र कुमार शाह, पशुपति मुरार्का, गौरी श्रेष्ठ, जगन्नाथ ज्ञवाली, नारायण प्रसाद श्रेष्ठको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर हिस्सा छ ।

यस्तै, कुमारी बैंकमा ओमप्रसाद श्रेष्ठ, मिन बहादुर गुरुङ, प्रदीप कुमार मुरार्का, रामप्रसाद श्रेष्ठ, अनुपम राठी, नवीन अग्रवाल र जेनिथ इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजको पनि ०.५ प्रतिशतभन्दा बढी सेयर हिस्सा छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकको सबैभन्दा ठूलो सेयरधनी लक्ष्मी कर्प नेपाल प्रालि हो, जसको ७.७४ प्रतिशत सेयर हिस्सा छ । बैंकमा राजेन्द्र कुमार खेतानले ६.६९ प्रतिशत, नागरिक लगानी कोषले ४.६५ प्रतिशत, स्नेहा खेतानले ४.५१ प्रतिशत र सारिका खेतानले ४.१७ प्रतिशत सेयर स्वामित्व राखेका छन् ।

बैंकमा मोतिलाल दुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४० प्रतिशत, रतनलाल संघईको २.३९ प्रतिशत, गोपिकृष्ण सिकरिया को २.३५ प्रतिशत र पूजा अग्रवाल खेतानको १.९९ प्रतिशत सेयर छ ।

यसैगरी सुरेन्द्र दुगड, विवेक दुगड, एमटीसी इन्भेस्टमेन्ट, बच्छराज ताटेड, राष्ट्रिय बीमा संस्थान (जीवन बीमा), भाटभटेनी इन्भेस्टमेन्ट, कविता लोहिया, हिमालयन एक्जिम, विवेक ताटेड, शौरभ ताटेड, श्रीनिवास शारडा, विशाल ताटेड, ओमप्रकाश सिकरिया र निधि दुगडको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ ।

यस्तै, पूजा दुगड, श्रद्धा दुगड, प्रियंका अग्रवाल, सरोज दुगड, शुभम दुगड, राधेश्याम शारडा, पवन कुमार शारडा, शिवरत्न शारडा र मानव अग्रवालको पनि ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकमा स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, यस बैंकमा कर्मचारी सञ्चय कोषको १५ प्रतिशत सेयर स्वामित्व छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा विदेशी स्वामित्व अत्यधिक छ ।

बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्राइन्डलेजको ४६.८१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेको २३.४ प्रतिशत सेयर छ ।

स्वदेशी सेयरधनीतर्फ शंकर एल. अग्रवालको ०.६६ प्रतिशत, सशी अग्रवालको ०.७ प्रतिशत, प्रियंका अग्रवालको ०.७ प्रतिशत, कोमल अग्रवालको ०.७ प्रतिशत र अविनाश अग्रवालको ०.७ प्रतिशत सेयर छ ।