एनपीएलमा जनकपुरको दबदबा कायमै, कप्तान सन्दीपको कमजोरीले विराटनगर फेरि निराश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज २ खेल सम्पन्न भए । आज भएको खेलमा विराटनगर पराजित भयो भने जनकपुरले आफ्नो दबदबा कमयमै राख्न सफल भयो ।
प्रतियोगिताको ६ खेलमध्य ५ खेलमा जित निकाल्दै जनकपुर प्लेअफमा पुग्न सफल भयो । जनकपुरले प्लेअफमा पुग्ने पहिलो टोलीको रुपमा आफ्नो रेकर्ड पनि राखेको छ ।
बिहीबार भएको खेलमा जनकपुरले जिम्मी निसम र ललितनारायण राजवंशीको उत्कृष्ट प्रदर्शनमा आफ्नो बलियो प्रस्तुती दिएको हो । काठमाडौं गुर्खाजसँग ५ विकेटको जित निकालेको जनपुरले सुरुवातमा बलिङको निम्तो पाएको थियो। जनकपुरका लागि बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।
जनकपुरका लागि स्टार खेलाडी ललितले ३ विकेट लिए । जसमा ललितले ४ ओभरमा २ ओभर मेडन फाल्दै जम्मा ८ रन खर्चे । जम्मा १०४ रनको लक्ष्य पाएको जनकपुरले १५ ओभर ५ बलमा पूरा गर्न सफल भयो । आजको खेलमा न्युजिल्यान्डका पूर्व खेलाडी जिम्मी निसमले उत्कृष्ट ब्याटिङ गरे । उनले २७ रनको योगदान गरे ।
यता बलियो प्रस्तुति दिने लक्ष्य बनाएको काठमाडौं आजको खेलमा पनि पराजित हुन पुग्यो । काठमाडौंका लागि करण केसीले २ विकेट लिए । ब्याटिङमा भने काठमाडौंले आज खास्सै जादु देखाउन सकेन । त्यसैले आजको प्रदर्शन पनि फिका भायो ।
सुपर ओभरमा पुगेको आजको अर्को खेलमा सन्दीप लामिछाने कमजोर बन्दा विराटनगरले अर्को हार बेहोरेको छ । सुपर ओभरमा प्रतिश जिसी अप्सनमा हुँदा हुँदै उनी आफैं बलिङ गर्न आएका थिए । जसमा उनले १८ रन खर्चिए । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० रनको लक्ष्य दिएको थियो ।
पोखराले १४० रनको लक्ष्यमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा १३ रनको जित निकाल्दै पोखराले दोस्रो जित दर्ता गर्न सफल भयो । पोखराका लागि रेइमोन रेफरले १७ रन बनाए । यता सन्दीपले १८ रन खर्चिए ।
जवाफमा ब्याटिङ गर्न पोखराका लागि मार्टिन गुप्टिल र निकोलस र्किटन आएका थिए दुबै खेलाडीले २ – २ रन मात्र बनाए । यो जितले पोखरालाई अघिल्लो चरण प्रवेश सहज बनाएको छ भने पराजित विराटनगरले अब बाँकी खेल जित्दै अन्य टिमको नतिजा कुर्नु पर्नेछ ।