रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ ।

बिहीबार कास्की जिल्ला अदालतमा लामिछानेलाई प्रहरीले पेस गरेको थियो ।

इजलासले थप ५ दिन लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । यसबीचमा लामिछानेलाई रुपन्देही, काठमाडौं, चितवन र पर्सा जिल्लासमेत पुर्‍याइएको छ । ती जिल्लामा रहेका विभिन्न सहकारीको बचत रकम अपचलन आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु