यी हुन्, एनपीएलमा हालसम्म सर्वाधिक रन बनाउने ४ खेलाडी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलको लिगचरण समाप्तिको क्रममा छन् । हालसम्मको प्रतिस्पर्धामा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

ब्याटिङतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पोडेल अग्रस्थानमा छन् । प्रतियोगितामा आफ्नो टोलीलाई अघिल्लो चरणको स्वाद चखाउन नसके पनि उनी ब्याटिङमा भने अब्बल भए ।

उनले प्रतियोगितामा २ अर्धशतकसहित २६९ रन बनाएका छन् । यता बलिङतर्फ पनि नेपाली खेलाडीले विदेशी खेलाडीहरुलाई पछ्याइरहेको अवस्था छ ।

सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा चितवनका सोहित तनविर छन् । दोस्रो स्थानमा जनकपुरका हर्श ठाकेर हुँदा तेस्रो र चौथो नम्बरमा नेपाली खेलाडी छन् । चौथोमा चितवनका रिजन ठकाल र चौथोमा जनकपुरका किशोर महतो छन् ।

सर्वाधिक रन बनाउने चार खेलाडी

१. रोतिह पौडेल
सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रोहित पौडेल छन् । लुम्बिनी लायन्सका लागि उनले २ अर्धशतक पनि प्रहार गरेका छन् । उनको स्ट्राइकरेट १३१.८६ रहेको छ । रोहितले प्रतियोगिताको हालसम्म २४ चौका र ११ छक्का प्रहार गरेका छन् । रोहितको टिमले अब प्रतियोगितामा एक खेल खेल्न बाँकी छ । रोहितको सर्वाधिक रन ९५ हो ।

२. लाहिरु मिलान्था

जनपुरका लाहिरु मिलान्थाले प्रतियोगिताको पहिलो खेलमा नै ७५ रनको अर्धशतकीया पारी खेलेका थिए । उनको त्यो अर्धशतकले प्रतियोगितामा जनकपुर सुखद सुरुवात गरेको थियो । मिलान्थाले हालसम्म प्रतियोगितामा एक मात्र अर्धशतक प्रहार गरेका छन् । उनले प्रतियोगितामा २२ चौका र ५ छक्का प्रहार गरेका छन् । मिलान्थाले १३६.१७ को स्ट्रइकरेटमा हालसम्म प्रतियोगितमा १७५ बनाएका छन् । उनलको टिम जनकपुरको आज छैटौं खेल रहेको छ ।

३. रवी बोपरा

चितवनका रवी बोपरा प्रतियोगतामा २ अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले प्रतियोगितामामा चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिहेको छन् । बोपराले हालसम्म २ अर्धशतक सहित १६९ रन बनाएका छन् । बोपराको १३९.६६ को स्ट्राइक रेट छ । उनले प्रतियोगितामा १४ चौका र ६ छक्का प्रहार गरेका छन् ।

४. साइफ जेब

साइफ जेबले प्रतियोगितामा सुदूरपश्चिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । प्रतियोगिताको शीर्ष स्थानको टोली सुदूरपश्चिमका लागि जेबले एक अर्धशतक सहित १५४ रन बनाएका छन् । प्रतियोगितामा अब सुदूरपश्चिमको लिग चरणका मात्र २ खेल बाँकी छन् । अघिल्लो चरणमा सुदूरपश्चिम पुगेमा जेबले अझै धेरै रन बनाउने सम्भावना छ । जेबले १३१.६२ को स्ट्राइकरेटमा १० चौका र ८ छक्का प्रहार गरेका छन् ।


क्लिकमान्डु