राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले कति पाउँछन् पारिश्रमिक ?



काठमाडौं । नेपालमा क्रिकेटको क्रेज बढिरहेको छ । पछिल्लो दुई वर्षमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरको प्रदर्शनले नै यो खेलको चार्म धेरै हुँदै गएको छ ।

१० वर्षपछि विश्वकप खेल्नु, चार वर्षसम्मका लागि एकदिवसीय मान्यता जोगाउनु लगायत नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति हो ।

नेपालले भारत, पाकिस्तान, दक्षिण अफ्रिका जस्ता ठूला टेष्ट राष्ट्रसँग खेल खेल्ने अवसर पनि प्राप्त गर्यो । नेपालले विश्वकप खेल्दै गर्दा समर्थकले दिएको साथले झनै नेपाली क्रिकेटले माया बटुल्न सफल भयो ।

नेपाली टोली पाएको सफलतासँगै नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि गर्‍यो । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले एक लाख पारिश्रमिक पाउने भए ।

क्यानले गतवर्ष मार्च महिनामा सन् २०२४ का लागि केन्द्रीय सम्झौतामा रहने गरी पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको नाम पारित गरेको छ । जसमा महिला र पुरुष दुवै राष्ट्रिय टोलीका खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ तथा ‘इमर्जिङ’ गरी पाँचवटा श्रेणीमा छुट्टाएको छ ।

राष्ट्रिय टोलीका पुरुषतर्फका ग्रेड ‘ए’ खेलाडीहरुले १ लाख रुपैयाँ माषिका पारिश्रमिक पाउँदा ग्रेड ‘बी’ का खेलाडीहरुले ७० हजार त्यस्तै ग्रेड ‘सी’ का खेलीडीहरुले ५५ हजार र ग्रेड ‘डी’ का खेलाडीहरुले ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक रु २५ हजार पारिश्रमीक पाउँछन् ।

त्यस्तै महिलातर्फ ग्रेड ‘ए’ का खेलाडीहरुले ५० हजार, ग्रेड ‘बी’ खेलाडीहरुले ३५ हजार, ग्रेड ‘सी’ का खेलाडीहरुले ३० हजार, ग्रेड ‘डी’ का खेलाडीहरुले २५ हजार र इमर्जिङ खेलाडीले २० हजार माषिक पारिश्रमिक लिँदै आएका छन् ।

पुरुषतर्फ: (३० जना खेलाडी)


ग्रेड ‘ए’– रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल र सन्दीप लामिछाने
ग्रेड ‘बी’– कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा
ग्रेड ‘सी’– बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.
ग्रेड ‘डी’– पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ
इमर्जिङ क्याटेगोरी– दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदुर पश्चिम) ।


महिला तर्फ (१९ जना खेलाडी)
ग्रेड ‘ए’– इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर
ग्रेड ‘बी’– कविता कुँवर
ग्रेड ‘सी’– पुजा महतो, अश्मिना कर्माचार्य
ग्रेड ‘डी’– अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
ईमर्जिङ क्याटेगोरी– सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन ।


क्लिकमान्डु