कर्णालीमा करिब ५३ प्रतिशत मत खस्यो

56
Shares

कर्णाली । प्रतिनिधिसभा सदस्य पदका लागि आज सम्पन्न निर्वाचनमा कर्णालीमा ५२ दशमलव ९० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार यहाँका १२ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी हुम्लामा ६४ दशमलव ९५ प्रतिशत मत खसेको छ ।

त्यस्तै, डोल्पामा ६३ दशमलव १४, मुगुमा ५८ दशमलव ९०, रुकुमपश्चिममा ५८ दशमलव ४४, जुम्लामा ५६ दशमलव ६५, जाजरकोटमा ५६ दशमलव ६५, कालीकोटमा ४८ दशमलव ६२ र सल्यानमा ४४ दशमलव ४० प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।

सुर्खेत क्षेत्र नं १ मा ५४ दशमलव ५७, क्षेत्र नं २ मा ५६ दशमलव ०३, दैलेख क्षेत्र नं १ मा ५० दशमलव ५१ र क्षेत्र नं २ मा ४३ दशमलव ०७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा पाँच लाख ५४ हजार ३४१ मतदाताले मात्र मत खसालेको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।

कर्णालीमा तीन लाख ४४२ महिला र दुई लाख ५३ हजार ८९७ पुरुष मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भाग लिएका छन् । चार लाख ८२ हजार ९०९ मतदाता यो निर्वाचनमा सहभागी हुन नसकेको बताइएको छ ।