चर्चा कमाउनका लागि मात्र निर्णय नगर्न सरकारलाई महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरे ।
अधयक्ष ढकालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको बताए । उनले फ्रि भिसा र फ्रि टिकटका लागि नेपाललाई मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्रि टिकट र फ्रि भिसाअन्तर्गत श्रमिक पठाउन सकिने बताए ।
वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने उनको भनाइ छ ।
अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरुले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताए ।