काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन बनाएको हो ।
काठमाडौंका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । त्यस्तै प्रतीक श्रेष्ठले २० रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि साड विन जाफरले ३ विकेट लिए ।
आजको खेलमा जित निकाल्दै काठमाडौं प्लेअफमा आफ्नो सम्भावना जिवित नै राख्न चाहन्छ ।
काठमाडौंले ३ खेलमा १ जितबाट २ अंक जोडेर तालिकाको पुछारबाट तेस्रो स्थानमा छ । यता चार खेलमा एक जित निकालेको लुम्बिनीको २ अंक जोडेको छ ।