रविलाई दुई घण्टा किन काठमाडौंमा राख्न लागियो ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेलाई सिमराबाट काठमाडौं ल्याइँदै छ ।
लामिछानेलाई सिमराबाट काठमाडौं ल्याएर काठमाडौंबाट पोखरा लैजान लागिएको हो । लामिछानेलाई दुई घण्टा काठमाडौं विमानस्थलमा राखेर साढे २ बजे पोखरा लगिने भएको छ ।
लामिछानेलाई आज अदालतमा पेस गरिँदै छ । यसअघि अदालतले दिएको ४ दिनको म्याद सकिएपछि लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गर्न लागिएको हो ।
कात्तिक २ गते काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई सोही दिन कास्की पुर्याइएको थियो । त्यसयता लामिछानेमाथि विभिन्न जिल्लाका सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धानका लागि बयानका लागि पुर्याइएका छन्।
रुपन्देही, चितवन, काठमाडौंपछि उनलाई पर्सा लगिएको छ । बयानका लागि सोमबार बेलुका पर्सा पुर्याइएका लामिछानेको मंगलबार बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको थियो । सरकारी वकिलको रोहवरमा दिनभर बयान लिइएक थियो ।
वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगञ्ज लगिएको थियो।
लामिछानेलाई पोखरा पुर्याउने तयारी भएपछि प्रदर्शनको तयारी रास्वपाको छ । पोखराको पृथ्वी चोकमा प्रदर्शनका लागि रास्वपाका नेताहरुले आह्वान गरेका छन् ।