रविलाई काठमाडौं ल्याइयो, विमानमा सिमरा लगिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं विमानस्थलमा ल्याएको छ । पर्सामा सहकारी ठगीबारे अनुसन्धान गर्न उनलाई त्यहाँ लैजानका लागि पोखराबाट काठमाडौं ल्याइएको हो । काठमाडौंबाट उनलाई सिमरासम्म उडानमार्फत लैजाने र त्यहाँबाट पर्सा लैजाने प्रहरीको तयारी छ ।

लामिछानेलाई साढे २ बजेको उडानमार्फत सिमरा लैजाने र त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा लैजाने योजना प्रहरीको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने पोखराबाट हिजै पर्सा लगिसकिएको छ ।

लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् ।


क्लिकमान्डु