रवि लामिछानेलाई पर्सा लैजाने तयारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पूर्वडीआइजी छविलाल जोशीलाई पर्सा लगिएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई आइतबार बेलुकी पर्सा पुर्याइएको हो ।
पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको बचत रकम अपचनल गरेको कसुरमा अनुसन्धानका लागि जोशीलाई पर्सा लगिएको हो ।
त्यस्तै नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई पनि बयानका लागि पर्सा पुर्याइएको छ।
उनीहरूको बयान सकेपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि पर्सा लैजाने प्रहरी तयारी छ ।
मंसिर १९ गते जिल्ला अदालत पर्साबाट लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सानोपाइला सहकारीको रकम अपचलन आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।