बुध्दले थप्याे एटीआर ७२, जहाजको संख्या १९ पुग्यो



काठमाडौं । निजी क्षेत्रकाे अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले १९ औं एटिआर ७२ नामक अर्को एक जहाज थपेको छ । शुक्रबार नयाँ आएको जहाज एटिआर–७२ थप भएसँगै यसका जहाज संख्या १९ वटा पुगेकाे छ भने एटिआर–७२ जहाज मात्रै १६ भएकाे बुध्द एयरले जानकारी दिएको छ ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुध्द एयरले शुक्रबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बुध्द एयरले ९एनएओजी कलासाइनकाे जहाज थप गरेको हो । यो जहाज फ्रान्सको एटिआर कम्पनी टुलुसबाट ल्याइएकाे बुध्द एयरकाे भनाइ छ ।

बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन् । बुध्द एयरले केही समय अगाडि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट विदाई गरेको थियो । त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले – ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन् । हामी उडान तालिकालाई बढिसे बढि प्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिवद्ध रहेका छौं,’ उनले थपे ।

थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढि उडान भरिरहेको छ । अन्तर्राष्ट्रिय उडानमा बुध्दले काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।


क्लिकमान्डु