नेपालमा ईभी कार बेच्ने ठूलो कम्पनी बन्यो टाटा, बिवाईडीको एट्टो थ्री लोकप्रिय, कस्को हिस्सा कति ?



काठमाडौं ।  नेपाली बजारमा सबैभन्दा धेरै विद्युतीय कार (ईभी) बेच्ने कम्पनी टाटा बनेको छ ।

पछिल्लो साढे चार महिनाको आयातको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै टाटाका कारहरु आयात भएका छन् । जुलाईदेखि मध्य नोभेम्बरसम्म कुल ३३६८ युनिट विभिन्न ब्राण्डका ईभी कारहरु आयात भएका छन् । जसमध्ये टाटाका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले ९७९ युनिट आयात गरेको छ ।

यो अवधिमा टिगोर ईभी ४०६ युनिट आयात भएको छ । यो कारलाई ट्याक्सीमा रुपमा प्रयोग गरिएका कारण  लोकप्रिय बनेको हो ।  पन्च ईभी ४५५ युनिट आयात भएको छ । टियागो ईभी ११८ युनिट आयात भएको छ । यो कुल ईभी आयातको २९ प्रतिशत हो ।  सिप्रदी ट्रेडिङका अनुसार आयात भएका अधिकांश कारहरु डेलिभरी भइसकेका छन् । ठूलो संख्यामा बुकिङ रहेका कारण आयात गरेर डेलिभरी गर्ने काम भइरहेको छ ।

टाटाको पन्च ईभी

कम्पनीले पन्च ईभी ५०० युनिटभन्दा बढी बिक्री गरिसकेको छ । नाडा अटो शोमार्फत सार्वजनिक भएको यो कार नेपाली बजारमा लोकप्रिय बनेको हो । गएको भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शो-२०२४ सम्पन्न भएको थियो ।यो कारको ४७५ युनिट बुकिङ भएको थियो । कम्पनीले सबै जसो बुकिङ भएको कार डेलिभरी भइसकेको दाबी गरेको छ । टियागो ईभी समेत नेपाली बजारमा लोकप्रिय बनेको कार हो ।

बिवाईडी ब्राण्डको एट्टो थ्री

नेपाली बजारमा अर्को लोकप्रिय ब्राण्ड बिवाईडी दोस्रो स्थानमा छ । बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकल ८७९ युनिट आयात गरेको छ । यसमा सबैभन्दा धेरै बिवाईडी एट्टो थ्री आयात भएको छ । आयात भएकामध्ये ५०० युनिट एट्टो थ्री छ । यो अवधिमा सबैभन्दा धेरै आयात एट्टो थ्री भएको छ । बिवाईडीको सिलायोन-७, १ युनिट आयात भएको छ । डल्फिन ३७५ युनिट, एमसिक्स २ युनिट र सिल १ युटिन आयात भएको छ ।

एमजी साइबरस्टर

एमजीको १०८ युनिट आयात भएको छ । यो कुल आयातको ३ प्रतिशत हो । एमजीका लागि नेपालको आधिकारी बिक्रेता पारामाउन्ट मोटर्सले एमजी ईजेडएस ईभी (९० किलोवाट)३ युनिट, एमजी फोर, १४ युनिट, साइबरस्टर १ युनिट र कोमेट ९० युनिट आयात गरेको छ । नाडा अटो शोमा एमजीको साइबरस्टर कार प्रदर्शनीमा राखिएको थियो । यो लक्जरी सेग्मेन्टको कार प्रदर्शनी राख्ने बित्तिकै बिकेको थियो । १ करोड ६८ लाख रुपैयाँ पर्ने यो कार १ युनिट मात्रै आयात भएको पाइएको छ । पछिल्लो समय एमजीको कोमेट लोकप्रिय बन्दै गएको छ ।

ग्रेटवाल मोटर्सको ओरा २० युनिट आयात गरेको छ । यो कुल आयातको १ प्रतिशत हो । यो विशाल ग्रुपको भिजी इम्पेक्सले आयात गरिरहेको छ ।  अडीको क्युएट इट्रोन-५५, २ युनिट आयात भएको छ ।

टेस्लाको मोडल वाई १ युनिट र मोडल थ्री ३ युनिट गरी कुल ४ युनिट आयात गरेको छ । हेनरीको मोडल एच २७ युनिट र एचईभी-४००, १ युनिट  गरी २८ युनिट आयात भएको छ । यो कुल आयातको १ प्रतिशत हो ।

होजोनको नेटा भी १५४ युनिट आयात भएको छ । यो कुल आयातको ५ प्रतिशत हो । आयोन वाई ५ युनिट आयात भएको छ । यी दुवै ब्राण्डको  सिजी मोटर्स नेपालका लागि आधिकारिक बिक्रेता हो ।

सेरेस ई फाइभ जेरो टु,२ युनिट आयात भएको छ । ओमोडा ३४३ युनिट आयात भएको छ ।  यो कुल आयातको १० प्रतिशत हो । ओमोडा ईभी फाइभ १८७ युनिट, जेईको सिक्स बिईभी १५६ युनिट आयात भएको छ ।

चांगनको डिपल एल जेरो सेभेन ३०१ युनिट आयात भएको छ । यो कुल आयातको ९ प्रतिशत हो । यो ब्राण्ड एमएडब्लुले आयात गरिरहेको छ ।

स्काईवेलको स्काईवेल इटी फाइभ २ युनिट र स्काईवेल बिई-११, ५ युनिट गरी ७ युनिट आयात भएको छ । लिप मोटरको सी टेन ४६ युनिट आयात भएको छ । यो कुल आयातको १ प्रतिशत हो ।

डायुनको वाइयुइएचयु एस वान ७५ युनिट आयात भएको छ । यो २ प्रतिशत हो । यो सिजी मोटर्सले आयात गरिरहेको छ ।

डोङफेङको नामी जेरो वान २०१ युनिट आयात भएको छ । यो ६ प्रतिशत हो । यो एमएडब्लुले आयात गरिहेको छ ।

काइवी २८ युनिट आयात भएको छ । यो कुल आयातको १ प्रतिशत हो । यो लक्ष्मी ग्रुप र जिओ अटोमोबाइल्सले आयात  गरिरहेको छ ।

अवतार ११

अवतार १, ४४ युनिट आयात भएको छ । यो १ प्रतिशत हो । सिजी मोटर्स र एमएडब्लुवृद्धिको जेभीले अवतार ११ ल्याएका छन्।

नानीङ १ युनिट आयात भएको छ । भियुटोको बोमा २ युनिट आयात भएको छ ।

रेडारा ५३ युनिट आयात भएको छ । यो २ प्रतिशत हो । लिंकटुरको एफ टेन १ युनिट आयात भएको छ । बअ ब्राण्डको ब्रह्मी २ युनिट आयात भएको छ ।

जिकर ब्राण्डको ईभी कार २७ युनिट आयात भएको छ । यो कुल आयातको १ प्रतिशत हो ।

स्मार्ट ब्राण्डको ४ युनिट आयात भएको छ । एक्सपेङ जी सिक्स २७ युनिट आयात भएको छ । यो १ प्रतिशत हो । यी दुवै ब्राण्ड सिजी मोटर्सले नेपालमा बेचिरहेको छ ।

साउटो एलईभी जेरो वान एक युनिट आयात भएको छ । जिएसई ईभी २० युनिट  आयात भएको छ । यो कुल आयातको १ प्रतिशत  हो ।


दिनेश खड्का