‘दीपलमा समस्या छैन’



चिनियाँ कार कम्पनी चांगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आफूले बेच्ने कारमा कुनै समस्या नरहेको दाबी गरेको छ । ‘उकालोमा नतान्ने, रेन्ज नदिने र चार्ज ड्रप हुने समस्याबाट दीपल गाडी किन्ने वाक्क, ३ महिना नपुग्दै बेच्न थाले‘ शीर्षकको समाचारमा उल्लेख भए अनुसारको समस्या नभएको कम्पनीको दाबी छ । समाचारमा उल्लेख भएका समस्याहरु दीपलमा नभएको कम्पनीको भनाइ छ ।

एमएडब्लू वृद्धिले के भन्यो ?

प्रकाशित सामाग्रीमा “इलेक्ट्रोनिक भेइकलको सबैभन्दा आकर्षक पक्ष हो, टर्क अर्थात् पिकअप… तर जुन फिचरका कारणले ईभी किनेको हो, सोही फिचरमा समस्या भोग्नुपरे पछि दीपाल धनी वाक्क बनेका … अहिले नागढुंगाको उकालोमा हेर्दा आँखामा धपक्कै बस्ने कुनै कार सुस्तरी उक्लिएको देखिन्छ भने त्यो अरु कुनै नभएर दीपाल कार हो भन्न थालिएको” र “उकालोमा केही अगाडी बढेपछि कारमा पावर आउँदैन, र जबरजस्ती बढी ब्याट्री खाने मोडमा राखेर चलाउनुपर्छ” भनी “एक प्रयोगकर्ताले” भनेको दावी गर्दै समाचार प्रकाशित गरिएको छ ।

दीपल ५०७ गाडीमा गरिएको परीक्षण अनुसार यसले ३२० एनएमको पिक टर्क दिन्छ, जुन नागढुङ्गा मात्र नभई त्यो भन्दा भिरालो उलाकोमा जाँदा गाडीमा कुनै समस्या नआउने र त्यस्तो समस्या आएको भनी कुनै गुनासो नआएको हुँदा उक्त प्रकाशित समाचार गाडीमा परीक्षण गरी पाइएको पर्फर्मेन्स र तथ्यमा आधारित नरहेको ।

खण्डनः “उकालोमा टर्क गुमाउने समस्या दीपलमा छैन । कम्पनीको ५० भन्दा बढी उपत्यका बाहिरको ग्राहक दिपल एस०७ मै सिन्धुली र मुग्लीन समेतको बाटोबाट काठमाण्डौं भित्र र बाहिर आउने र जाने गर्नु हुन्छ र सो क्रममा दीपल एस०७ का प्रयोगकर्ताले नागढुंगा मात्र होइन, त्योभन्दा भिरालो उकालोमा दिपल चलाइरहनु भएको छ । आजसम्म कम्पनीमा दीपल एस०७ को टर्कको सम्बन्धमा कुनै गुनासो आएको छैन । “

सोही विषयमा प्रकाशित सामाग्रीको पृष्ठ ६-७ मा “जब जब गाडी उकालो बाटो लाग्न थाल्छ, नर्मल मोड (इको मोड) मा चलाउन सकिँदैन । माथिल्लो मोड ( कम्फर्ट वा स्पोर्टस्) मा चलाउनुपर्ने हुन्छ । यसको अर्थ हो, गाडीले नियमितभन्दा बढी उर्जा खपत गर्दछ । यही कारण कारको रेन्जमा निकै समस्या छ ।” भनी उल्लेख गरिएको रहेछ ।

एमएलटीपी (वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेइकल टेस्ट प्रोसिडिउर) एनईडीसी (न्यु युरोपियन ड्राइभिङ साइकल) अनुसार दीपल ५०७ को रेन्ज क्रमशः ४१० कि.मि. र ४८५ कि.मि. रहेको पाइएको छ र सामान्य वातावरणीय अवस्थामा गाडीले सोही अनुसारको रेन्ज दिन्छ । उकालो बाटोमा गाडी जवरजस्ती कम्फर्ट वा स्पोर्ट्स मोडमा राखेर चलाउनाले गाडीले रेन्ज नदिने भन्ने उल्लिखित व्यहोरा दीपल एस०७ को स्पेसिफिकेसन र पर्फर्मेन्ससँग अमिल्दो रहेको छ ।

खण्डनः नेपालमा दीपलले ४१० किलोमिटरको रेन्ज दावी गरेकोमा यसका प्रयोगकर्ताहरुले सोही वमोजिमको रेन्ज पाइरहनु भएको छ । दीपलमा भएका चार वटा मोडहरु – Eco Comfort, Sport र Customise मध्ये Eco मोड अधीकतम इफिसियन्सीका लागि उपयोगी छ भने कम्फोर्ट र स्पोर्ट मोडल पर्फर्मेन्स र रेस्पोन्सिभनेसका दृष्टिकोणवाट उपयोगी छन् । यद्यपि, Eco वाहेकका ती मोडहरुमा गाडी चलाउँदा धेरै चार्ज ड्रप भएर गाडीले रेन्ज नै नदिने भन्ने हुँदैन । दीपलको परिक्षण गर्दा समेत यसले हरेक किसिमको वाटोमा चार्ज ड्रप नभई राम्रै रेन्ज दिने पाइएको छ ।

प्रकाशित सामाग्रीमा “ढोकाको च्याप, सनरुफको काप र मुनिबाट पानी पस्ने समस्या रहेको प्रयोगकर्ताले गुनासो गर्ने गरेको” भन्ने उल्लेख गरिएको रहेछ ।

पहिलो, दीपालको गाडीमा सनरुफ नै नभएकोले सनरुफवाट गाडीमा पानी पस्ने कुरा सम्भव नै भएन । दोस्रो, दीपलका गाडीहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कडा पानी चुहावट परीक्षण गरी क्याबिनमा कुनै पनि चुहावट हुँदैन भन्ने सुनिश्चित गरिएको छ र कुनै प्रयोगकर्ताबाट हालसम्म यस्तो गुनासो समेत प्राप्त नभएको हुनाले प्रकाशित समाचारमा उल्लिखित उक्त विषय गलत रहेको ।

खण्डनः “दीपल एस०७ गाडीहरुमा अन्तर्राष्ट्रिय मापदण्डहरु अनुरुप कडा पानी चुहावट परीक्षण गरी यसको क्याविनमा कुनै पनि चुहावट नहुने कुरा सुनिश्चित गरिएको हुन्छ । गाडीमा सनरुफ नै नभएकोले सनरुफवाट पानी चुहिने समस्या छैन । गाडीको ढोकाको च्याप र मुनीवाट समेत पानी पस्ने समस्या रहेको छैन” ।

प्रकाशित सामाग्रीमा “उकालोमा नतान्ने बाहेक कारको अर्को समस्या हो, चार्ज ड्रप हुनु । फुल चार्ज गरेर राखेको कारको चार्ज विहान निकै कम हुने गरेको छ । विशेष गरी चिसो र पानी परेको वा ओसिलो अवस्थामा कारको चार्ज नटिक्ने समस्या छ ।” भनी उल्लेख गरिएको रहेछ ।

दीपल गाडीमा लिथियम एनएमसि व्याट्रि प्रयोग गरिएको छ, जुन विश्वव्यापी रुपमा नै यसको इनर्जी डेन्सिटि, चार्जिङ्ग स्पिड, रेन्ज र चार्ज टिक्ने लगायतका विशेषताहरुले गर्दा प्रायः जसो ई.भि. हरुमा सन् २०११ देखि प्रयोग गरिंदै आइएको छ । दीपल एस०७ गाडीमा गरिएको कुनै पनि परीक्षण वा प्रयोगबाट यसको ब्याट्रिमा चार्ज डूप हुने समस्या देखिएको छैन । प्रकाशित सामाग्रीमा विना कुनै विश्वस्नीय आधार कारण गलत व्यहोरा उल्लेख गरिएको ।

खण्डनः “दीपलको गाडीमा सामाचारमा भनिए जस्तो चार्ज डूप हुने समस्या छैन, न यस्तो कुनै गुनासो ग्राहकबाट पाइएको नै छ । दीपलको गाडीमा अन्तर्राष्ट्रिय गुणस्तरको लिथियम एनएमसि व्याट्रिको प्रयोग गरिएको छ, जुन निकै नै इनर्जी डेन्स हुन्छ । यसमा चार्ज ड्रप हुने समस्या हुन सम्भव छैन” रहेको छ ।

प्रकाशित सामाग्रीमा “ढोका खोल्ने म्यानुअल ह्यान्डल नहुँदा गाडीको ब्याट्री पूर्णतः सकिनु अघि नै दुर्घटना भएर गाडीको अटोमेटेड प्रणालीले काम बाहिर निस्किनुपर्छ । नत्र भित्रै लक हुनेछ बन्द भएपछि ढोका खोल्न समस्या आउनेछ खोल्न निकै मुस्किल पर्ने छ” भनी उल्लेख गरिएको रहेछ ।

ह्यान्डल भएको गाडीभन्दा फरक दिफाल भित्रबाट दीपल गाडीमा म्यानुअल्ली ढोका खोल्न मिल्ने नै हुँदा दुर्घटना र गाडीको चार्ज सकिएको अवस्थामा ढोका खोल्न समस्या आउने वा भित्रै लक हुने हुँदैन । CAERI (China Automotive Engineering Research Institute), CNAS (China National Acrreditation Service for Conformity Assessment) लगायतका अनेकन् सुरक्षा तथा अन्य मापदण्डहरु पूरा गरी सर्टिफीकेसन प्राप्त गरेको दीपल गाडीमा दुर्घटना हुँदा वा गाडीको चार्ज सकिँदा ढोका खोली बाहिर निस्कन नै नमिल्ने हुन्छ भनी प्रकाशित उक्त व्यहोरा गलत र भ्रामक रहेको ।

खण्डनः “दीपलमा अटोमेटेड प्रणालीको साथ साथै Flush Handle छ, जुन परम्परागत ह्यान्डल जस्तो visible नभए तापनि यो एक म्यानुअल ह्यान्डल नै हो । यसलाई चलाउन अप्ठेरो वा गाह्रो छैन । गाडीको ब्याट्री सकिएमा वा दुर्घटनामा परेर अटोमेटेड प्रणालीले काम नगरेमा Flush Handle द्वारा सजिलैसँग अन्य गाडीमा जस्तै Manually ढोका खोल्न सकिन्छ । यस किसिमको Flush Handle अटोमोबाइलको सुरक्षा मापदण्ड भित्र नै पर्दछ” ।

प्रकाशित सामाग्रीमा “गाडीको धेरै राम्रा फिचरहरु भए तापनि यसका केही फिचर निकै नै डरलाग्दा र अप्ठ्यारा छन् । जस्तो कि जताततै सेन्सर हुनु सुरक्षाका हिसाबले उत्तम मानिए पनि ब्लाइन्ड स्पट डिटेक्सनका कारण गाडीभित्र चेतावनी ध्वनीस्वरुप ‘ट्याङट्याङ आवाज आइरहन्छ” भनी उल्लेख गरिएको रहेछ ।

ब्लाइन्ड स्पट डिटेक्सन सेन्सरका कारण आवाज आउनुलाई “डरलाग्दो” र “अप्ठ्यारो” फिचर भनी प्रस्तुत गरिएको हुनाले उक्त लेखिएको व्यहोरा अवैज्ञानिक, असत्य र अतार्किक रहेको छ ।

खण्डनः “ब्लाइन्ड स्पट डिटेक्सन आधुनिक गाडीमा हुने सुरक्षा फिचर हो, जसका कारण ड्राइभरको ब्लाइन्ड स्पटमा अन्य कोही व्यक्ति वा वस्तु भए ट्याङ्गट्याङ्ग आवाज आउँछ । यो फिचरबाट ड्राइभरले सावधान हुनु पर्ने समयमा मात्र आवाज आउने हो, निरन्तर आवाज आइरहने होइन । यो फिचर डरलाग्दो र अप्ठ्यारो छैन । “

प्रकाशित सामाग्रीमा “कारमा कुनै पनि बटन नभएका कारण सबै कार्य पूरा गर्न स्क्रिन र त्यसको टचमा भर पर्नुपर्छ । सो स्क्रिन वा टच विग्रिए गाडीका फङ्सनहरु चलाउनै अप्ठेरो पर्नेछ” भनी उल्लेख गरिएको रहेछ । उक्त व्यहोरा गाडीको वास्तविक स्पेसिफिकेसन भन्दा फरक रहेको छ ।

खण्डन: दीपल एस०७ का धेरै फड्सनहरु टच स्क्रिनवाट नियन्त्रण हुने भए तापनि टच स्क्रिन विग्रिएपछि गाडी चल्दै नचल्ने भन्ने होइन । टच स्क्रिन विग्रिएको अवस्थामा समेत गाडीका महत्वपूर्ण फङ्सनहरु निकै सहज तरिकाले म्यानुअल्ली गर्न सकिन्छ । यसरी म्यानुअल्ली गाडीका फङ्सनहरु चलाउन अप्ठेरो छैन । कसैगरी टचस्क्रिन विग्रिएमा सो समस्यालाई तुरुन्त समाधान गर्न कम्पनीसँग सातै दिन २४ सै घन्टा तत्पर service र road side assistance छ ।”

प्रकाशित सामाग्रीमा “कारको स्टेरिङ्ग मुनि इन्सट्रुमेन्ट प्यानल छैन । विन्डशिल्ड ( अगाडीको सिसा) मा भएको इन्सट्रुमेन्ट प्यानल प्योगकर्ताका लागि निकै असहज छ भने यदी अगाडिको सिसा फुटे वा चर्किए प्रयोगकर्ताले निकै ठूलो मूल्य चुकाउनु पर्नेछ” भनी उल्लेख गरिएको रहेछ ।

दीपल गाडीमा रहेको ARHUD (Augmented Reality Head-Up Display) को फिचरलाई जोखिमयुक्त जस्तो देखाई लेखिएको उक्त समाचारमा ARHUD फिचर को विशेषता र उपयोगितालाई गलत र भ्रामक तरिकाले प्रस्तुत गरिएको ।
खण्डन: “दिपल एस०७ मा स्टेरिङ्ग मुनी इन्स्ट्रुमेन्ट प्यानल नरही ARHUD फिचर छ । यसमा ड्राइभरलाई चाहिने सूचना विन्डशिल्ड र गाडी भित्र रहेको सेन्ट्रल स्क्रिनमा उपलब्ध हुन्छ । यो फिचरको उद्देश्य ड्राइभरको आँखा सडकमा रहोस्, इन्स्ट्रुमेन्ट प्यानलमा होइन भन्ने हो र यसले विन्डशिल्ड फुटेमा पनि काम गर्दछ । विन्डशिल्ड फुटेमा वा बिग्रिएमा सूचनाको लागी सेन्ट्रल स्क्रिनमा हेर्न सकिन्छ । यो फिचर प्रयोगकर्ताको लागी असहज नभई यसले प्रयोगकर्तालाई अझ सहज, कुशल, सुरक्षित र प्रिमियम ड्राइभिङ्गको अनुभव दिन्छ । “

प्रकाशित सामाग्रीमा ” दीपल गाडीको एयरब्याग नखुल्ने, चार्जिङ्ग गर्न समस्या हुने, आफ्टर सेल्स सर्भिस चित्तबुझ्दो नहुने जस्ता समस्याको गुनासो प्रयोगकर्ताले गरेको” भनी उल्लेख गरिएको रहेछ ।

एयरब्याग खुल्नु र बिना कुनै समस्या चार्ज हुनु गाडीले बजारमा विक्री हुनुपूर्व अनिवार्य पूरा गर्नु पर्ने सुरक्षा मापदण्ड भित्र नै पर्ने विषयहरु हुन्, जुन दीपलका गाडीहरुले पूरा गरेका नै छन् । हालसम्म दीपलमा विशेषज्ञहरुबाट गरिएको आन्तरिक वा बाह्य कुनै पनि परीक्षणवाट एयरब्याग नखुल्ने र चार्ज नहुने समस्या देखिएको छैन, न त दीपलका कुनै प्रयोगकर्ताहरुले नै यो सम्बन्धी गुनासो गरेका छन् । दीपलले वृहत् आफ्टर सेल्स सर्भिस दिन्छ, जसमा वारेन्टि मेन्टेनेन्स, २४ घण्टा कस्टमर सपोर्ट र रोडसाइड एसिस्टेन्स, र होम चार्जिन युनिट इन्स्टलेशन पर्छदन् र सो सम्बन्धमा समेत हालसम्म कुनै गुनासो प्राप्त भएको छैन । तसर्थ, उक्त प्रकाशित सामाग्रीमा लेखिएको सम्पूर्ण व्यहोरा निराधार र तथ्यभन्दा फरक रहेका छन् ।

खण्डन: “दीपलमा यात्रुहरुको उच्चतम् सुरक्षा सुनिश्चित गर्न फ्रन्ट साइड र कर्टेन गरी ६ वटा एयरब्याग रहेका छन्, जुन दुर्घटनामा बिना कुनै समस्या तोकिएको भन्दा बढी इम्प्याक्टमा खुल्दछन् । गाडीमा रहेको लिथियम एनएमसी व्याट्रिले ८७ किलोवाट सम्मको फास्ट चार्जिङ्ग र ७ किलोवाटसम्मको ए.सि. चार्जिङ्ग सपोर्ट गर्छ र कम्पनीले डेलिभरिको बखत दिने दुई वटा चार्जरबाट गाडीको ब्याट्रि बिना कुनै समस्या चार्ज गर्न सकिन्छ । दीपलको आफ्टर सेल्स सर्भिसप्रति प्रयोगकर्ता सन्तुष्ट छन्, यस सम्बन्धि कुनै गुनासो प्राप्त भएको छैन । “

प्रकाशित सामाग्रीमा ” दीपलका प्रयोगकर्ताले दीपल गाडीमा समस्या रहेकोले सेकेन्ड ह्यान्ड बेच्न थालेको र सोको प्रमाण सेकेन्ड ह्यान्ड रिकन्डिसनहरुले सामाजिक सञ्जाल र बिक्री प्लेटफर्ममा राखेको विज्ञापनले दिने भनी उल्लेख गरिएको रहेछ ।

हालसम्म दीपलका कुनै पनि प्रयोगकर्ताले गाडी सेकेण्ड ह्याण्ड वेच्न नथालेको र सो प्रकाशित सामाग्रीमा Hamrobazar मा राखिएको भनिएको एउटा दीपल गाडी सेकेन्ड ह्यान्ड नभई ब्राण्ड निउ गाडी भएकोले प्रकाशित उपरोक्त विषय फरक पर्न गएको छ ।

खण्डनः “कम्पनीको ४५० भन्दा वढी दिपल गाडी विक्री भइसकेकोमा कुनै एउटा पनि दिपल सेकेन्ड ह्यान्ड बजारमा आएको छैन । दीपलका खरिदकर्ताहरु गाडीसँग सन्तुष्ट हुनुहुन्छ । Hamrobazar मा राखिएको भनिएको एउटा दीपल गाडी सेकेन्ड ह्यान्ड नभई ब्राण्ड निउ गाडी हो । “

प्रकाशित सामाग्रीमा “चांगन मोटर्सको दीपाल s-07 भन्सार छल्न कागजात मिलाएर ९९ किलोवाट बनाएर आयात गर्ने गरेको करिब ३ महिना अघि नै खुलेको हो । …. सबै स्पेसिफिकेसन उस्तै भएको गाडी नेपालबाहेक देशमा १९० किलोवाटमा बिक्री भइरहेको छ । तर नेपालमा भने ९९ किलोवाटमा आयात गरेर विक्री भइरहेको हो ” भनी उल्लेख गरिएको रहेछ ।

वास्तविकता मै नेपालमा आयात हुने दीपल गाडीको पावर ९९ किलोवाट नै भएको हुनाले यसमा यस कम्पनीले १९० किलोवाटको गाडी ९९ किलोवाट भनी भन्सार छलेको भन्ने खवर तटस्थ नभई भ्रामक रहेको छ ।

खण्डनः यथार्थ “अन्तर्राष्ट्रिय बजारमा दीपलको गाडी १९० र १६० किलोवाटको भेरिएसनमा उपलब्ध भए तापनि चांगानले नेपाली बजारको लागि भनेर ९९ किलोवाटको बनाएको हो । १९० र १६० किलोवाटको दीपलको गाडीको को मोडल नेपालमा आयात हुने ९९ किलोवाटको गाडीभन्दा फरक छ । विधिवत् रुपमा नेपालको आधिकारिक निकायवाट भन्सारको चेक जाँच पास गरी नेपालमा आयात गरेको गाडीमा अनियमित तरिकाले भन्सार छल्न किलोवाट घटाइएको छैन” भन्ने रहेको छ ।


क्लिकमान्डु