शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल, सम्हाले कार्यभार



काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देलले कार्यभार सम्हालेका छन् । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको हो । सोमबार सचिव सिग्देलले कार्यभार सम्हालेका हुन् । उनी जल तथा ऊर्जा आयोगको सचिवका रुपमा कार्यरत थिए ।  


दिनेश खड्का