आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का नियुक्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् ।
बिमा प्राधिकरणले सीईओका लागि स्वीकृत दिएसँगै कार्यभार समेत सम्हालेका छन् । खड्का यसअघि सुर्यज्योति लाइफ इन्स्योरेन्समा डेपुटी सीईओ थिए ।
करिब तीन महिना अघि तत्कालिन सीईओ कवि फुयाँलको कार्यकाल सकिएको थियो । त्यसपछि रिक्त पदमा खड्का नियुक्त भएका हुन् । खड्कालाई बिमा क्षेत्रको लामो अनुभव रहेको छ ।