बीवाईडीको ३० औं वार्षिकोत्सव: नेपालभर १०० युनिट डेलिभरी पूरा



काठमाडौं । बीवाईडीको ३० औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा, बीवाईडी र साईमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ ।

यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको छ ।

यस उपलब्धिले बीवाईडीको विश्वव्यापी अटोमोटिभ इंडस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ । वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बीवाईडी को प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउने कम्पनीले जनाएको छ ।

विश्वव्यापी रूपमा, बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

नेपालले हरित भविष्य अंगाल्दै गर्दा, साईमेक्स इन्क ले बीवाईडी का बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन, र बीवाईडी सील सील जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् ।

“बीवाईडी को ३० औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो। यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो । संगसंगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउँन मदत गर्दैछु ।”
कार्यक्रममा, साईमेक्स इन्कका नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने ।


क्लिकमान्डु