यी हुन् कम्बोडिया जाने १३ नेता: अग्नि सापकोटादेखि सिके राउतसम्म



काठमाडौं । केही दिनयता नेपालमा कम्बोडिया भन्ने देश चर्चामा छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै नक्कली कागजपत्र बनाएर सामाजिक सञ्जालमा राखेको आरोप प्रहरीको छ । कयौं युट्युबले त्यसलाई आधार बनाएर समाचारसमेत बनाए ।

प्रधानमन्त्री ओलीको ठूलो धनरासी कम्बोडियामा लगानी भएको भन्दै फर्जी कागजपत्र बनाएको अभियोगमा प्रसाईं प्रहरी नियन्त्रणमा छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको लगानी विदेशमा रहेको चर्चा चलिरहेको बेला एमाले नेताहरु कम्बोडिया जान लागेको भन्दै सामाजिक सञ्जालमा चर्चा चल्यो ।

एमाले नेताहरु ओलीको कम्बोडियामा भएको लगानीको लुकाउन जान लागेका हुन् भन्दै सामाजिक सञ्जालमा चर्चासमेत चल्यो।

माओवादीसहित विपक्षी दलका कतिपय दोस्रो तहका नेताले पनि एमाले नेताहरु कम्बोडिया जान लागेको भन्दै आलोचना गरेका थिए ।

तर, राष्ट्रिय राजनीतिकका अधिकांश दलका नेताहरु कम्बोडिया उडेका छन् ।

आजबाट हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन गएका १३ नेताको विवरण सार्वजनिक भएको छ ।

भ्रमण टोलीमा एमालेबाट डा. भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । टोलीमा कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्निप्रसाद सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउत, एकनाथ ढकाललगायत पनि भ्रमण टोलीमा रहेका छन् ।


क्लिकमान्डु