महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा कार्यालय भवन बनाउँदै, ९ महिनामा सक्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं-३० ज्ञानेश्वरमा कार्यालय भवन निर्माण गर्ने भएको छ । आगामी ९ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको भवन निर्माणका लागि भूमिपूजन गरिएको हो ।

नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा संचालनमा ल्याइने बैंकले जनाएको छ ।

उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिने बैंकले जनाएको छ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमिपूजन गरिएको हो । कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।


क्लिकमान्डु