बक्यौता भुक्तानी गरेपछि वर्ल्ड लिंकले माग्यो विदेशी मुद्रा सटहीको सुविधा, ब्याण्डविथ आयातको भुक्तानी गर्ने
काठमाडौं । बक्यौता भुक्तानी गरेपछि वर्ल्ड लिंकले नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष विदेशी मुद्रा सटहीको सुविधा मागेको छ । वर्ल्ड लिंकले भारतबाट ब्याण्डविथ आयात गर्दाको बक्यौता बाँकी राखेकोले सोको भुक्तानीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई विदेशी मुद्रा सटहीको लागि सिफारिस गरिदिन माग गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले वर्ल्ड लिंकले विदेशी मुद्रा सटहीको सिफारिस मागेको छ । यसले हालसम्मको सबै बक्यौता जरीवानासहित गरेकोले अब उसले सिफारिस पाउँछ ।
वर्ल्ड लिंकले सबै बक्यौता एकैपटक तिरेकोले अब अरु इन्टरनेट सेवाप्रदायकलाई समेत बक्यौता तिर्न दबाब परको छ । अरु सेवाप्रदायकले भने बक्यौता भक्तानीका लागि किस्ताबन्दीको सुविधा मागिरहेका छन् । सबैभन्दा धेरै बक्यौता हुने सेवाप्रदायकले एकमुष्ट तिरेपछि थोरै हुने र अरु सेवाप्रदायकलाईसमेत दबाब परेको हो ।
वर्ल्ड लिंकले गत साता एकमुष्ट २ अर्ब १५ करोड रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषको शुल्क र रोयल्टी सहितको रकम तिरेको हो ।