गभर्नर अधिकारी किन जाँदैछन् भारत ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार भारत जाँदैछन् । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) स्थापनाको ९० औं वर्षका अवसरमा आयोजित एक कार्यक्रममा उपस्थित हुने अधिकारी भारत जान लागेका हुन् ।

क्लिकमान्डुसँगको कुराकानीमा गभर्नर अधिकारीले आज आयोजना हुँदै गरेको एक कार्यक्रममा अतिथि वक्ताको रुपमा सहभागी हुन भारत जान लागेको जानकारी दिए । ‘आरबीआई स्थापनाको ९० वर्ष पुरा भएको अवसरमा बैंकले विभिन्न कार्यक्रम गर्दैछ । सोही क्रममा आयोजना हुन लागेको एक कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन भारत जान लागेको हुँ,’ अधिकारीले भने । उनी शनिबार नेपाल फर्किनेछन् ।

गभर्नर अधिकारी साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी)को अध्यक्ष पनि हुन् ।


क्लिकमान्डु