विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा
काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।
गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अर्थ मन्त्रालयले कोषमा रकम जम्मा गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।