इनड्राइभले नेपालमा लन्च गर्यो इनड्राइभ कम्फर्ट, के हो यो नयाँ सुविधा ?



काठमाडौं । नेपालमा इनड्राइभले नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ फिचर सुविधा सुरु गरेको छ । यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा यस्तो सेवा विस्तार गरेको हो ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ । कम्फर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरका साथ यात्रा गर्न खोज्नेका लागि उपयुक्त रहेको कम्पनीको दाबी । नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन् ।

इनड्राइभ कम्फर्ट फिचरको बारेमाः
– आरामदायी सवारीका लागि उच्च गुणस्तरका कारहरुः इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन र रमाइलो यात्राका लागि वातानुकूलित छन। यसले काठमाडौंको भीडभाड हुने ट्राफिकमा पनि सहजै यात्राको सुनिश्चित गर्दछ। इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफा हुने हुँदा यात्रुहरुलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ।

– फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीहरूः इन्ड्राइभ कम्फर्ट सवारीहरूमा सेडान–क्लासका गाडीहरू समावेश रहेका छन, जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदान गर्दछ। एक्लै यात्रा गर्दा होस वा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागि प्रशस्त लेगरुम पाउनेछन।

– प्रिमियम अनुभवको लागि उचित मूल्यः इन्ड्राइभ उचित र पारदर्शी मुल्य निर्धारण गर्न प्रतिबद्ध रहेको छ, र इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको छ। यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्छन— त्यो पनि सबै उचित मूल्यमा।

– आरामदायी, फराकिलो र ह्यासल–फ्रि राइडः इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्त मात्र नभएर आरामदायी यात्रा गर्नेहरूका लागि डिजाइन गरिएको हो। अधिक लेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटिङ्ग गरिएका ड्राइभरहरूका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्द लिन सक्छन ।

इनड्राइभ कम्फर्ट राइड सुबिधाले यात्रुहरूका लागि छनोटको अर्को तह थपेको छ, जसले अब आफ्नो यात्रा आवश्यकताहरूको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्नेछन। यो सुविधा उच्च मूल्याङ्कन कायम राख्ने र प्रिमियम सवारी साधन चलाउने चालकहरूका लागि पनि लाभदायक रहेको छ, जसले उनीहरूलाई इनड्राइभ कम्फर्ट राइडहरू मार्फत थप आम्दानी गर्ने अवसर प्रदान पनि गर्दछ ।

इनड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकारले इन्ड्राइभमा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेको बताए । इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इनड्राइभको लागि आकर्षक विकास हो । ‘हामी हाम्रा प्रयोगकताँहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं,’ उनले भने, ‘इनड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचित मूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन, जबकि हाम्रा चालक साझेदारहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसरहरू प्राप्त गर्छन् ।’

कम्पनीकी एशिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले चालक र यात्रु दुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रता दिएको बताइन् । ‘हामी यात्रु र चालक दुवैको हातमा राइडशेयर सर्तहरू उपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउन हामी सँधै प्रतिबद्ध छौं,’ उनले भनिन् ।


क्लिकमान्डु