बीवाईडी एमसिक्सको मूल्य सार्वजनिक, १०० किलोवाटभन्दा ७० किलोवाटवाला महँगो
काठमाडौं । साइमेक्स इंकले बीवाईडी एम सिक्सको अधिकतमक खुद्रा मूल्य घोषणा गरेको छ । चिनियाँ कार उत्पादक कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले भन्सार प्रयोजनका लागि एम सिक्सका दुई भेरियन्टको मूल्य सार्वजनिक गरेको हो ।
साइमेक्सले नेपाली बजारमा यो मोडलको कार चाँडै नै उपलब्ध गराउँदैछ । कम्पनीले प्रकाशन गरेको मूल्यअनुसार १०० किलोवाट मोटर क्षमता भएको भेरियन्टको भाउ ५५ लाख र ७० किलोवाट भएकोको ६० लाख १५ हजार रुपैयाँ पर्नेछ ।
एम सिक्स ७ सिट भएको बहुउद्देश्यिय कार हो । कम्पनीले केही महिनाअघि राइट ह्यान्ड ड्राइभ भर्सनको एम सिक्स उत्पादन गरेको हो । यो कारमा पनि बीवाईको अत्याधुनिक नयाँ प्रविधिको ब्लेड ब्याट्री दिइएको छ ।
साइमेक्सले हालैको नाडा अटोशोमा एमसिक्स ल्याउने तयारी गरेको थियो । तर, अहिले आएरमात्र यो कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने तयारी थालिएको हो ।