क्यासिनोको लाइसेन्स दिँदा पर्यटन मन्त्रीले २ करोड घुस लिएको कांग्रेस सांसदकै आरोप



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेमाथि भैरहवाको रोयल टाइगर रिक्रिएसनले चलाएको क्यासिनोको इजाजत दिँदा २ करोड रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

पाण्डेले क्यासिनो लाइसेन्स दिँदा घुस मागेकोले उक्त क्यासिनो सञ्चालक रवि धितालले २ करोड रुपैयाँ मन्त्रीलाई बुझाएको भन्दै आफूसँग गुनासो गरेको र त्यसको साक्षी अरु साथीहरुसमेत भएकोले आफूले मन्त्रीले घुस मागेको विषय सार्वजनिक गरेको प्रनिनिधिसभा सदस्य राजेन्द्र बजागाईंले क्लिकमान्डुसँग बताए ।

गोरखा १ बाट निर्वाचित सांसद बजगाईं भनेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरुको स्पोन्सर प्रचार गर्छ ।’ उनले मन्त्री पाण्डेले घुस मागेको विषयको थप पुष्टि गर्न खोज्दै समकक्षी सुभाष र सुशान्त सँगै भएको बेला मन्त्रीले घुस लिएको विषय सार्वजनिक भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘एक क्यासिनो संचालक (रवि धिताल)ले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट पारेका छन् ।’

सांसद बजगाईंले डेरामा बस्नेहरु मन्त्री बन्नासाथ कसरी घर किन्छन् भन्दै प्रश्नसमेत गरेका छन् ।

बजगाईंले क्यासिनो २०७४ मा टाइगर प्यालेस र २०८१ साउन ११ मा रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालन इजाजतपत्र जारी गरेको पत्र सार्वजनिक गर्दै लेखेका छन्, ‘एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट, क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति, गृह, परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं ।’

बजगाईले क्लिकमान्डुसँग भने, ‘मैले भैरहवा विमानस्थल चलाउनुपर्छ । यो विमानस्थल सञ्चालको पूर्वतयारी छैन, क्याटरिङ नभएको, सरसफाइ नभएको र विमानस्थल चलाउन हुनुपर्ने तयारी पुगेको छैन भनेर बोलेको विषयमा विमास्थल चलाउनै हुँदैन भनेर मेरो भनाइलाई नकारात्मक रुपमा स्पोन्सर गरिएछ ।’ यो विषयमा मैले विमानस्थल चलाउनै नहुने भन्ने गरी मेरो भनाइलाई काँटेर स्पोन्सर गरिनु र भ्रष्टाचार विरुद्ध मैले बोलिरहेको छु ।’

भैरहवाको क्यासिनोको विषयमा अदालतमा मुद्दा बिचाराधीन हुँदा हुँदै मन् बनेपछि क्यासिनोको इजाजत दिनुलाई नै शंस्कास्पद रुपमा लिनु पर्ने उनले बताए ।

दुई दिन अगाडि मात्रै बजगाईंले पर्यटनमन्त्री असफल, असक्षम र नालायक भएको भन्दै हवाई टिकट कालोबजारीविरुद्ध माइतीघरमा प्रदर्शन समेत गरेका थिए।

टाइगर प्यालेसले सार्वजनिक जग्गा मिचेर होटल बनाएको भन्दै यो होटलको बिक्री तथा हक हस्तान्तरण गर्न नहुने तर्क गर्दै परेको रिट अदालतमा विचाराधीन छ ।

अदालतले तत्कालाई यथास्थितिमा राख्न आदेश दिएको छ भने त्यसपछि गैरआवासीय नेपालीहरूको एउटा समूहले नेपाल बाहिर यो होटल खरिद बिक्री गर्न गरेको सहमति कार्यान्वयन गर्नमा रोकिएको छ ।

यो विषयमा अनुसन्धान गर्न अख्तियारले राष्ट्र बैंकलाई निर्देशन समेत दिएको छ । सोही होटललाई क्यासिनो अनुमतिपत्र दिँदा मन्त्रीले करोड घुस लिएको आरोप सांसद बजगाईंले लगाएका छन् ।


क्लिकमान्डु