होनर एक्स७सी: ५-स्टार ड्रप रेजिस्टेन्स र आइपी६४ वाटर रेजिस्टेन्स रेटिङसहित चाँडै बजारमा उपलब्ध हुँदै



काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड होनरले बजेटमैत्री ग्राहकका लागि बनाइएको नयाँ होनर एक्स७सी ४जी प्रस्तुत गर्न लागेको छ ।

टिकाउपन, लामो ब्याट्री क्षमता, र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई बलियो र किफायती अनुभव दिने कम्पनीको दाबी छ ।

होनर एक्स७सी ४जी मा ५-स्टार ड्रप रेजिस्टेन्स र एसजीएस प्रिमियम परफर्मेन्स सर्टिफिकेसन रहेको छ, जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्ने कम्पनीले जनाएको छ । आईपी६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ, जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ।

होनर एक्स७सी ४जीमा ६ हजार एमएएचको सुपर टिकाउ ब्याट्री छ, जसले २८.५ घण्टा सम्मको स्ट्रिमिङ वा २१.५ घण्टा सम्मको भिडियो प्लेब्याक समय प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा रहेको ३५ वाट होनर सुपरचार्जर टेक्नोलोजीले चार्जको चिन्ता बिना उपभोक्तालाई जडित राख्छ। साथै, १०८ एमपी एआई क्यामेरा प्रणालीले उत्कृष्ट फोटोग्राफी, २५६ जीबी इन्टरनल स्टोरेज र र्‍याम टर्बो टेक्नोलोजीले सहज मल्टिटास्किङ, र टीयूभी राइनल्याण्डलो ब्लू लाइट सर्टिफिकेसनसहित ६.७७ इन्चको इमर्सिभ डिस्प्ले प्रदान गर्दछ ।

मूल्य र उपलब्धताबारे थप जानकारीका लागि होनरको आधिकारिक सामाजिक मिडिया पेज र वेबसाइटमा अपडेटहरू हेर्न कम्पनीले अनुरोध गरेको छ।


क्लिकमान्डु