के ओपन एआईले १ करोड डलरमा वेबसाइट किनेको हो ?
एजेन्सी । गत बुधबार एआईसम्बन्धी कम्पनी ओपनएआईका सीईओ सेम अल्टमेनले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा एउटा वेबसाईट पोस्ट गरे । उक्त वेबसाईट थियो च्याट डट कम (Chat.com) ।
सो वेबसाईटमा क्लिक गरेमा त्यसले स्वत: च्याटजीपीटीको वेबसाईटमा पुर्याइदिन्छ ।
यसअघि उक्त वेबसाईटका मालिक धर्मेश शाह थिए । शाह हबस्पटका सीटीओ तथा संस्थापक हुन् । सन् २०२३ मा शाहले उक्त वेबसाइट १ करोड ५५ लाख रुपैयाँमा खरिद गरेका थिए ।
शाह भारतीय मूलका अमेरिकी एन्टरप्रेन्योर हुन् ।
तर केही महिनाको अन्तरालमा नै उनले आफूले उक्त डोमेन बेचिदिएको बताएका थिए । कसलाई भन्ने कुरा भने खुलाएका थिएनन् । तर उनले आफूले खरिद गरेकोभन्दा महंगो मूल्यमा उक्त वेबसाईटलाई बिक्री गरेको भने पुष्टि गरेका थिए ।
हालै भने उनले आफूले वेबसाइट बिक्री गरेको बताए र ओपन एआईले भने आफूले उक्त वेबसाईट खरिद गरेको पुष्टि गरेको थियो । धर्मेशले भने आफूलाई वेबसाईटको बदलामा पैसा नभएर कम्पनीले सेयर प्रदान गरेको समेत बताएका थिए । तर त्यस विषयमा भने स्पष्ट जानकारी छैन ।
च्याटजीपीटी एआईमा पछिल्लो समयमा जीपीटीलाई हटाएर नयाँ ब्रान्डिङ गरिएको छ र नयाँ वेबसाइट पनि सोही अनुसार च्याट डट कम अब च्याटजीपीटीसँग सम्बन्धित वेबसाईट भएको छ ।