अडीले चीनमा सुरु गर्‍यो नयाँ ब्राण्ड, तर छैन कम्पनीको विरासत बोक्ने ‘चार रिङ’ भएको लोगो


एजेन्सी । गाडी निर्माता कम्पनी अडीले चिनियाँ बजारमा आफ्नो नयाँ ब्राण्ड सुरु गरेको छ ।

कम्पनीले चिनियाँ बजारमा आफ्नो ब्रान्डिङको विषयलाई लिएर निकै ठूलो परिवर्तन गर्दै नयाँ ब्राण्डका रुपमा स्थापीत हुन खोजेको हो ।

बिहीबार कम्पनीले चीनको साङ्घाईमा नयाँ अडी लोगोको सार्वजनिकी गरेको थियो, जसमा कम्पनीको विरासत बोक्ने चार गोलो (रिङ) नभई अंग्रेजी अक्षरमा AUDI मात्र देखिएका छन् । साङ्घाईमा सार्वजनिक गरिएको कम्पनीको नयाँ ई कन्सेप्ट विद्युतीय स्पर्टब्याकमा यो लोगो देखिएको हो ।

साथी उक्त कन्सेप्ट कारमा कम्पनीले धेरै प्रयोग गरेको ‘इ-ट्रन’ ब्रान्डिङ पनि देखिएको छैन ।

प्रेस नोटमा भने अडीका सीईओ जेर्नट डल्लनरले चीनका ‘प्रविधिप्रति अति आकर्षित’ व्यक्तिहरुलाई केन्द्रित भएर त्यो बजारमा भित्रिने गरि काम गरिएको उनले बताए । उनले कम्पनीले ‘कनेक्टिभीडी र अटोमेटेड ड्राईभिङ’ मा पनि केन्द्रित भएर काम गरिने बताए ।

२०२४ को सुरुवातमा नै अडीले आफूलाई चिनियाँ बजारका लागि रिब्रान्डिङ गर्ने तयारीमा रहेको बताइएको थियो ।

यद्यपी अडीको व्यापार भने चीनमा निकै घटेको छ । सन् २०२४ को पहिलो ६ महिनामा कम्पनीले चीनमा १० हजारभन्दा पनि कम गाडी मात्रै बेच्न सफल भएको थियो ।