चिनी उत्पादन गर्ने बागमती खाँण्डसरी चिनी मिल प्रालिको व्यापार बढ्यो



काठमाडौं । चिनी उत्पादन गर्ने बागमती खाँण्डसरी चिनी मिल प्रालिको व्यापार बढेको छ ।

सन् १९७६ मा स्थापना भएर हाल दैनिक १ हजार १६५ टन उखु पेल्ने क्षमता रहेको यो कम्पनीको व्यापार सन् २०२१ मा भएको गिरावटपछि निरन्तर बढिरहेको छ ।

सन् २०२० मा यो कम्पनीको व्यापार ७१ करोड ३० लाख रुपैयाँ थियो । सन् २०२१ मा यसको व्यापारमा गिरावट भएर २० करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो । सन् २०२२ मा यसको व्यापारमा सुधार आएसँगै ४८ करोड ७० लाख रुपैयाँको व्यापार भएको थियो ।

सन् २०२३ मा यसको व्यापार थप वृद्धि भएर ७६ करोड ४० लाख रुपैयाँको व्यापार भएको थियो ।

सन् २०२४ मा भने यसको व्यापार ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

लुम्बिनी प्रदेशको नवलपराशी जिल्लामा उत्पादन कारखाना रहेको यो कम्पनीले स्थानीय किशानबाट उखुँ किनेर त्यसबाट चिनी बनाउने गरेको छ । कम्पनीको स्वामित्व भने राम थापा र जगदिश कुमार अग्रवालसँग ५०/५० प्रतिशत रहेको छ । साथै यो कम्पनी उत्पादन, ट्रेडिङ र आर्थिक क्षेत्रमा विगत २५ वर्षभन्दा धेरै समयदेखि सक्रिय रहेको सिद्धार्थ ग्रुपको पनि भाग हो ।

हालका लागि यो कम्पनीले ७७ करोड ९० लाख रुपैयाँको कर्जा सुविधा पाएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले कोषमा आधारित दीर्घकालिन कर्जा सुविधाका लागि २१ करोड २० लाख रुपैयाँका लागि एलबी प्लस र कोषमा आधारित अल्पकालिन कर्जा सुविधामा ५६ करोड २० लाख रुपैयाँ र कोषमा नआधारित अल्पकालिन कर्जा सुविधामा ५० लाख रुपैयाँका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु