डिजेलको मूल्य १५० मा झर्यो, पेट्रोल ग्यासको मूल्य यथावत
काठमाडौं । डिजेलको मूल्य आजबाट १५० रुपैयाँमा झरेको छ । नेपाल आयल निगमले आज विहान १ बजेबाट लागू हुने गरी डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका दरले घटाएको छ ।
काठमाडौं उपत्यकामा डिजेल/मट्टितेको मूल्य १५१ रुपैयाँ थियो । उक्त मूल्य आजबाट १ रुपैयाँले घटेको छ । नेपालआयल निगमका अनुसार भारतबाट डिजेल/मट्टितेलमा १ रुपैयाँ ४ पैसा घटेर आएकोले नेपालमा पनि घटाएको उल्लेख छ ।
निगमका अनुसार पेट्रोलमा २५ पैसा, मट्टितेलमा २ रुपैयाँ २४ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ २३ पैसा र ग्याँसमा ५५ रुपैयाँ ७० पैसा बढेर आएको भएपनि ती पेट्रोलियम पदार्थको मूल्यमा भने कुनै घटबढ भएको छैन । निगमका अनुसार पेट्रोल ग्यासमो मूल्य यथावत छ ।