कालिमाटी तरकारी बजारमा आज : थोकमा घट्दैछ मूल्य, खुद्रामा कहिले घट्ला ?
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा पछिल्लो समयमा थोकमा तरकारीको मूल्य विस्तारै घट्दै गएपनि खुद्रा व्यापारीले भने तरकारीको मूल्य यथावतै राखेका छन् । थोक मूल्यभन्दा खुद्रा व्यापारीले प्रतिकिलो तरकारीमै ७० देखि १ सय रुपैयाँसम्म बढि लिने गरेको पाइएको छ ।
बजारमा बुधबार ठूलो र सानो गोलभेडा ११० रुपैयाँ प्रतिकिलोमा थोकमा बिक्री भएको छ ।
यसैगरी टनेलको सानो गोलभेडा १२५, रातो आलु ८२.६७, सेतो आलु ६९, प्याज १०३, गाजर ११०, बन्दा ४५, स्थानीय काउली १२०, सेतो मुला २५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ९५, तने बोडी ११५, मटरकोशा १९०, घिउ सिमी ७५, टाटे सिमी ९५ र तिते करेला ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै लौका ६५, परवर ६५, चिचिण्डो ४५, घिरौला ६५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ६५, हरियो फर्सी डल्लो ६५, भिण्डी ७५, बरेला ६५, स्कुस १७.६७, रायो साग ६५, पालुङ्गो साग ६५, तोरीको साग ६५, चमसुरको साग ६५, कन्ये च्याउ ११३.३३, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १५५, भेडे खुर्सानी १६८.३३, अदुवा २०५ र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य