हतियार बिसाएका मात्रै हौँ भन्दै धम्की दिएपछि प्रचण्डलाई ओलीको जवाफ: कसरी बिसाउनु पर्छ भन्ने जानेका छौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाएका छन्।

आइतबार गैरआवासीय नेपालीहरुको ग्लोबल सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले हतियारको धम्की माओवादीले दिनेगरेको बताए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारलाई चेतावनी दिएका थिए । जसको जवाफमा ओलीले हतियार बिसाउन लगाउन आफूहरुले जानेको बताए ।


सबै मिलेर काम गरे मुलुकलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गरे ।


क्लिकमान्डु